• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चार महिनाको अवधिमा तीन ओटा स्काभेटरआगजनी

"जिल्लामा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेपछि सुरक्षा चुनौती थपिएको छ । "

  •    अभियन हाम्रो / सोमबार, साउन १५, २०८०  

  • जिल्लामा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेपछि सुरक्षा चुनौती थपिएको छ ।

    सार्वजनिक हितका लागि प्रयोग गरिएका स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा सुरक्षा चुनौतीसहित संविधानको धारा २५ ले प्रदत्त गरेको सम्पत्तिको अधिकारसमेत आकर्षित भएको छ । थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा आगजनी गरिएको छ । आगजनीमा संलग्नहरूको पहिचान हुन नसकेको र कानुनी कारबाही अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो । थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा ०८० वैशाखयता हालसम्मको अवधिमा तीन ओटा स्काभेटरमा शङ्कास्पद हिसावले आगजनी गरिएको छ ।

    वैशाख ७ गते थुलुङ दूधकोशी गाँउपालिका-९ लोखिम क्षेत्रमा सडकमा पार्किङ्गमा राखिएको बा ३ क ४४ नम्वरको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ । अज्ञात पक्षले पार्किङ्गमा राखेको स्काभेटरमा आगजनी गर्दा १ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको इन्स्पेक्टर शाहले बताउनु भयो । स्काभेटरमा आगजनी घटनामा प्रहरीले मुद्दा दर्ता गरेको  छ । असार ६ गते सोही गाउँपालिकाको वडा-४ बादेदेखि छिक्लीसम्म दूधकोशी गाउँपालिका-२ जलेश्वरी हाइड्रो पावरले नयाँ बाटो खन्ने क्रममा प्रयोग गरेको स्काभेटरमा आगजनी गरिएकोे छ ।

    बा २ क ४७७८ नम्बरको (टु-शन) कम्पनीको खामपाचे शेर्पा निर्माण सेवा प्रालिको स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा ४० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । साउन ४ गते थुलुङ दूधकोशी गाउँपाकिला-२ बादेमा रोकी राखेको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ । पञ्चनमा निर्माण शुरू हुन लागेको दूधकोशी हाइड्रोले सडक खन्ने काममा प्रयोग गर्दै आएको स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा  ८० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    रादुर कन्स्ट्रक्सन कम्पनीको स्वामित्वमा रहेको कोबेल कम्पनीको स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा जलेर मेसिन पूर्ण रूपमा क्षति भएको इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो । स्काभेटर आगजनीमा सबै घटनामा अनुसन्धान जारी रहेपनि घटनामा संलग्नहरूको पहिचान र गिरफ्तारी हुन नसक्दा जिल्लामा सुरक्षा चुनौती थपिएएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.