• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खाँडादेवी गाउँपालिका-४, सुतारमा कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या

"खाँडादेवी गाउँपालिका-४, सुतारमा खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या परेको छ । "

  •    अभियन हाम्रो / आइतबार, साउन १४, २०८०  

  • खाँडादेवी गाउँपालिका-४, सुतारमा खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या परेको छ ।

    खोलाले बगाएको कुलो बनाउन नसकेपछि यस वर्ष किसानहरूको खेतमा धान खेती नलाग्ने निश्चित भएको हो । आसपासमा धान रोपाइँ हुँदा सुतारका किसानहरू सुक्खा खेत हेरेर बस्न बाध्य भएको स्थानीय किसान पोषक बहादुर कार्कीले बताउनु भयो । ‘खेतमा पानी लाग्ने कुलै छैन, यस वर्ष हाम्रो खेतमा धान नरोपिने भयो’, स्थानीय किसान कार्कीले भन्नुभयो । सो गाउँका झण्डै १८ घर धुरीको खेतमा पानी लाग्ने कुलो भुटौली खोलाले बगाएको छ । बगाएको कुलो मर्मत गर्न नसक्दा किसानका खेत बाँझै छन् । ‘धान रोप्ने खेत बाँझै छ, अरू धान रोप्छन्, हामी सुक्खा खेत हेरेर बस्नु परेको छ’, कृषक रत्नबहादुर कार्कीले उल्लेख गर्नुभयो ।

    सुतार गाउँवासीको धान लगाउने खेत बाँझो भएपछि परिवार के गरी पाल्ने भन्ने गाउँ बासीलाई चिन्ता छ । ‘खेती हुने जग्गा बाँझै छ, के खाने, के गरी परिवार पाल्ने, भोकमरी लाग्ने डर भयो’, रत्नबहादुरले गुनासो गर्नुभयो । कुलो मर्मतको लागि खाँडादेवी गाउँपालिकाले एक लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । सो बजेट ल्याउनुको साथै किसानले धेरै श्रमदान गरे पनि कुलो नबनेको खाँडादेवी गाउँपालिका-४ का वडा सदस्य भीमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    ‘कुलो धेरै बिग्रिएको थियो, त्यति पैसाले बन्न सकेन’, खाँडादेवी गाउँपालिका-४ का वडा सदस्य बस्नेतले भन्नुभयो । यस वर्ष सो कुलोको मोहीले धान रोप्ने अवस्था नरहेको उहाँले बताउनु भयो । यस विषयमा गाउँपालिको पनि ध्यानाकर्षण गराएको र अर्को वर्षसम्म कुलो बनाउन आफूले प्रयत्न गर्ने उहाँले बताउनु भयो । ‘यस विषयमा गाउँपालिका अध्यक्षको पनि ध्यानाकर्षण गराएको छु, गाउँपालिका बाहेक अन्य निकायलाई समेत किसानको यो समस्या समाधानको लागि म अनुरोध गर्छु, अर्को वर्षसम्म जसरी पनि कुलो बनाउने प्रयत्नमा लाग्छु’, वडा सदस्य बस्नेतले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.