• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गीता मन्दिरका संस्थापक पं. डासु पाध्याय


  •    संवाददाता/ आइतबार, साउन १४, २०८०  

  • रवीन्द्र माकाजू । नेपालका केही शहरहरूमा भव्य एवं आकर्षक गीता मन्दिर स्थापना भएको छ । यस्तो भव्य मन्दिर धरानमा, वीरगञ्जमा र काठमाडौंको स्वयम्भूमा छ भने पोखराको रामघाटमा । अन्यत्रको गीता मन्दिर निर्माण गर्नमा महामण्डेलश्वर स्वामी ईश्वरानन्दको महत्वपूर्ण भूमिका छ भने पोखराको गीता मन्दिरका लागि पण्डित डासु उपाध्यायले खेल्नु भएको भूमिका इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

    गीता मन्दिरको स्थापना श्रीमद्भागवत गीताको प्रचारप्रसार एवं परिशीलनका लागि भएको हो । गीता मन्दिर स्थापना गरिनुको अर्को महत्वपूर्ण पक्ष के पनि हो भने मन्दिरकै हातामा प्रवचन कक्ष पनि होस् जहाँ नित्य सत्संग, कथा, प्रवचन चलोस् । पं. डासुले धरानको गीता मन्दिर देखेका थिए भने स्वामी ईश्वरानन्दसँग पनि सत्संग गर्ने शुभअवसर पनि । त्यसैबेला उनले सोचे– म जागिरबाट रिटायर्ड भएपछि पोखरामा पनि यस्तै भव्य मन्दिर निर्माण गर्छु ।

    पण्डितजीले पोखरा आइसकेपछि आफ्ना शुभेच्छुक र सहयोगी मित्रहरुको खोजी गरे । यस पूण्य कार्यका लागि पं. लिलाधर पौडेल, अमृतप्रसाद शेरचन, टेकबहादुर ढेवाजू, तोयानाथ गौतम, द्वारिकानाथ कायस्थ, डम्बरलाल माकाजू, सप्तबहादुर थापाहरुले साथ दिए । मन्दिर निर्माणका लागि जग्गा खोज्ने कार्य भयो । हाल मन्दिर भएको जग्गा प्राप्तिको क्रममा अस्पताल व्यवस्थापन समितिले चर्को विरोध ग¥यो । उनीहरुको तर्क थियो– मन्दिर भएपछि माइक लगाउँछन्, रातभर भजन गाउँछन्, बिरामीलाई डिस्टर्व हुन्छ । मन्दिर पक्षले माइक नलगाउने शर्तनामा गरेपछि जग्गा विवाद अन्त्य भयो । मन्दिर शिलान्यास गर्ने कुरा भयो । त्यसबेला गण्डकी अञ्चालाधीश थिए रामचन्द्र बहादुर सिंह । सिंहले भने– मन्दिर निर्माणका लागि कति रकम सङ्कलन भयो ? समितिले भन्यो– रकम त छैन । अनि अञ्चलाधीशले भने– एक लाख रकम जम्मा गरेपछि मात्रै म शिलान्यास गर्छु नत्र गर्दिन ।

    मन्दिर निर्माणको बलियो आधार भनेकै पण्डितजीको चौका थियो । जहाँ बसेर पं. डासुले कथा प्रवचन गर्ने गर्दथे । उनको प्रवचनबाट प्रभावित भएर मान्छेले आर्थिक सहयोग गर्दथे । यसरी मन्दिर तयार हुँदै थियो, मन्दिर ठूलो एवं भव्य हुँदा धेरैलाई आशंका हुन्थ्यो– होइन, पण्डितजीले के सोचेर यत्रो ठूलो मन्दिर बनाएका ? के यो हङकङ र मलाया हो र मान्छेले दिल खोलेर चन्दा दिनलाई ?

    पण्डितजी कत्ति पनि आत्तिएनन् । उनको भगवान माथि पूर्णविश्वास थियो । उनी भन्दथे– यो भगवानको मन्दिर हो । यो मन्दिर पनि भगवानले नै बनाउँछन् । हामी त निमित्त मात्र हौँ । मन्दिर बन्दै गयो । सहयोगी हातहरु बढ्दै गए । मन्दिरमा सहयोग गर्छु भन्नेहरू आउन थाले । पछि यो मन्दिरको समुद्घाटन गर्ने शुभअवशर तत्कालीन बडामहारानी ऐश्वर्यले पाईन् । गीता अध्ययन मण्डलले पं. डासु उपाध्यायको योगदानको कदर स्वरूप गीता मन्दिरको हातामा उनको अर्ध कदको विशाल मूर्ति स्थापना गरेको छ ।

    वि.सं. १९८० जेष्ठ ४ गते पोखराको साम्मीमा जन्मिएका पण्डित उपाध्याय सानो छँदा आफ्नै गाउँघरको गुरुकुलमा पढे । त्यसपछि उनी उच्चशिक्षा अध्ययनका लागि भारतको वनारस गए । त्यहाँबाट फर्केपछि शिक्षाको प्रचार गर्दै गाउँमा विद्यालय स्थापना गरे । भगवती माताका उपासक पं. उपाध्याय महिलालाई सधैँ सम्मान गर्दथे । उनले आफ्नो जन्मस्थलोलाई कहिल्यै भुलेनन् तर उनको विचारमा गाउँघरमा जमिन्दार बन्नुभन्दा सन्ततीहरुलाई उद्योग व्यापारमा लाग्नु पर्छ यसका लागि गाउँघर भन्दा शहर उपयुक्त हुन्छ भनेर पे्ररणा दिने गरेका उनका जेष्ठ सुपुत्र उद्योगी कृष्णप्रसाद आचार्य बताउँछन् । उनले भने– मैले बाबुकै पे्ररणा पाएर रारा चाउचाउ, होटल मन्दार खोलेको हूँ । पृथ्वी राजमार्ग निर्माण सम्पन्न भएपछि बस व्यवसाय सञ्चालन गरेँ । पिताजीले हामीलाई निस्कृय बस्न हुँदैन, कर्म गरिरहनु पर्दछ भन्नुहुन्थ्यो ।

    कर्मगर्ने शिलशिलामा २०१६ सालमा पं. भारतको कलकत्ता पनि पुगेका थिए । कलकत्ताको ब्यारेकपुर भन्ने ठाउँमा गोर्खा भर्ती केन्द्र थियो । त्यहाँका गोर्खा मेजर लिम्बुसँग उनको परिचय भयो । पण्डितजीले लिम्बु परिवारको स्वास्थ्योपचार गरे लिम्बुले भने– तपाईंले अन्यत्र जागिर खाने होइन, यही जागिर खाने हो । नभन्दै उनी घोपा क्याम्पमा जागिरे भए । उनी क्याम्पभित्रका धर्मगुरु थिए । धरानमा रहँदा पं. छविलाल पोखे्रलहरुसँग परिचय भयो । धरानमा रहँदा आफूले किनेको जमिन गुरु वैजनाथ भट्टराईलाई दान दिए । हाल पण्डितजीका ३ सुपुत्र र ५ सुपुत्री छन् । उनले आफ्नो सन्तानलाई उच्च शिक्षा र संस्कार दुवै प्रदान गरेका थिए ।

    पं. उपाध्यायले अत्यन्त लगनशीलता, निष्ठापूर्वक गीतामन्दिर निर्माण सम्पन्न गर्नुभएको थियो । उनको २०४७ साल कार्तिक भाइटिकाको दिन देहावसान भएको थियो । अहिले पोखराको रामघाट स्थित गीता मन्दिर पवित्र तीर्थस्थल बनेको छ । तर उहाँले सोचे जस्तो गीता मन्दिरले गर्न भने भ्याएको छैन । श्रीमद्भागवत गीता पठनपाठन गर्ने लहर चल्न सकेको छैन । मान्छेमा दैवी सम्पदा छैन, सात्विक प्रवृत्ति समाजमा हराउँदै गएको छ । मान्छे अहिले आशक्त, लोभी, पापी, दुःखी बनेका छन् । निष्काम कर्मयोगीहरु समाजमा हराउँदैछन् । तर जे होस् पोखरामा अवस्थित यो गीता मन्दिर रहिन्जेल पं. डासु पाध्याय हराउने छैनन् । बरु सधैँ समाजमा सम्मानित भएर बाँचिरहनेछन् । बाँचिरहनेछन् । बाँचिरहनेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.