• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक हप्तादेखि अज्ञात रोगका कारण विद्यार्थीहरु बिरामी: पठनपाठन प्रभावित


  •    संवाददाता/ आइतबार, साउन १४, २०८०  

  • तीनवटा विद्यालयका विद्यार्थीहरू एक हप्तादेखि पठनपाठनकै समयमा कक्षाकोठामै बेहोस् भइ बिरामी परेपछि हुम्लामा पढाइ प्रभावित भएकाे छ । जिल्ला सदरमुकाम स्थित सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालय, ६ स्थित मानसरोवर माध्यमिक विद्यालय र ७ स्थित कर्णाली माध्यमिक विद्यालयका गरी १८ जना विद्यार्थीहरु अज्ञात रोगबाट बिरामी भएका हुन् ।

    विद्यार्थीहरु बेहोस भइ बिरामी हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्याक कैलाश रोकायाले जानकारी दिनुभयो ।

    एक हप्तादेखि बिद्यालयमा अज्ञात रोगले विद्यार्थी बेहोस हुने क्रम बढिरहेको छ । विद्यालयमा अध्ययनरत बिद्यार्थी पढ्दा पढ्दै कक्षाकोठामा अनौठो क्रियाकलाप गर्दै बेहोस हुने गरेको प्रधानाध्याक रोकायाले बताउनु भयो ।

    तीनवटै विद्यालयका छात्राहरुमा उक्त लक्षण देखिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । रुने, कराउने, काम्ने, बरबराउने र बेहोस हुनेजस्ता समस्या देखिन थालेपछि अहिले दैनिक ३ /४ जना बिद्यार्थीहरु बेहास भएर अस्पताल भर्ना गर्ने संख्या भने बढ्दै गएको छ ।

    अघिल्लो सातादेखि नै एक दुई विद्यार्थीमा यो रोगको लक्षण देखिएको थियो । तर दिनानुदिन विद्यालयमा यसको संख्या बढ्न थालेपछि समस्या भएको र नामै खुल्न नसकेको रोगले विद्यार्थी बिरामी हुनथालेपछि पठनपाठनमा थप समस्या भएको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रामराज शाही, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कलाश रोकाया र मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले जानकारी दिनु भएको छ ।

    बाल मन्दिर र मानसरोवर माध्यमिक विद्यालयका १३ जना बिरामी परेका विद्यार्थीहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको र कर्णाली माध्यमिक विद्यालयका पाँच जना विद्यार्थीहरुलाई भने स्थानीय स्तरमै उपचार भइरहको छ ।

    मास कन्भर्जन डिसअर्डरका कारण बिद्यार्थीहरु बेहोस भएको हुन सक्ने जिल्ला अस्पताल सिनियर अनमी बोहराले जानकारी दिनु भयो । यो रोग उपचार भन्दा पनि परामर्शले निको हुने भएकाले बिद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.