• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक हप्तादेखि अज्ञात रोगका कारण विद्यार्थीहरु बिरामी: पठनपाठन प्रभावित


  •    संवाददाता/ आइतबार, साउन १४, २०८०  

  • तीनवटा विद्यालयका विद्यार्थीहरू एक हप्तादेखि पठनपाठनकै समयमा कक्षाकोठामै बेहोस् भइ बिरामी परेपछि हुम्लामा पढाइ प्रभावित भएकाे छ । जिल्ला सदरमुकाम स्थित सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालय, ६ स्थित मानसरोवर माध्यमिक विद्यालय र ७ स्थित कर्णाली माध्यमिक विद्यालयका गरी १८ जना विद्यार्थीहरु अज्ञात रोगबाट बिरामी भएका हुन् ।

    विद्यार्थीहरु बेहोस भइ बिरामी हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्याक कैलाश रोकायाले जानकारी दिनुभयो ।

    एक हप्तादेखि बिद्यालयमा अज्ञात रोगले विद्यार्थी बेहोस हुने क्रम बढिरहेको छ । विद्यालयमा अध्ययनरत बिद्यार्थी पढ्दा पढ्दै कक्षाकोठामा अनौठो क्रियाकलाप गर्दै बेहोस हुने गरेको प्रधानाध्याक रोकायाले बताउनु भयो ।

    तीनवटै विद्यालयका छात्राहरुमा उक्त लक्षण देखिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । रुने, कराउने, काम्ने, बरबराउने र बेहोस हुनेजस्ता समस्या देखिन थालेपछि अहिले दैनिक ३ /४ जना बिद्यार्थीहरु बेहास भएर अस्पताल भर्ना गर्ने संख्या भने बढ्दै गएको छ ।

    अघिल्लो सातादेखि नै एक दुई विद्यार्थीमा यो रोगको लक्षण देखिएको थियो । तर दिनानुदिन विद्यालयमा यसको संख्या बढ्न थालेपछि समस्या भएको र नामै खुल्न नसकेको रोगले विद्यार्थी बिरामी हुनथालेपछि पठनपाठनमा थप समस्या भएको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रामराज शाही, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कलाश रोकाया र मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले जानकारी दिनु भएको छ ।

    बाल मन्दिर र मानसरोवर माध्यमिक विद्यालयका १३ जना बिरामी परेका विद्यार्थीहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको र कर्णाली माध्यमिक विद्यालयका पाँच जना विद्यार्थीहरुलाई भने स्थानीय स्तरमै उपचार भइरहको छ ।

    मास कन्भर्जन डिसअर्डरका कारण बिद्यार्थीहरु बेहोस भएको हुन सक्ने जिल्ला अस्पताल सिनियर अनमी बोहराले जानकारी दिनु भयो । यो रोग उपचार भन्दा पनि परामर्शले निको हुने भएकाले बिद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.