५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १६ वर्षीय बालकलाई ०८० साउन १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आफ्नै दाइले ०७९ फागुन ३० गते बलात्कार गरेको भन्दै बालिकका बुवाले ०८० साउन १२ गते बालक विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको डिएसपी मदन केसीले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।







