• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आठ महिनाको बालकलाई गलत खोप लगाएरको कसुरमा ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश 

"सर्वोच्च अदालतद्वारा कान्ति बाल अस्पतालले आठ महिनाको बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको कसुरमा ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश दिएको छ । "

  •    अभियन हाम्रो / शनिबार, साउन १३, २०८०  

  • सर्वोच्च अदालतद्वारा कान्ति बाल अस्पतालले आठ महिनाको बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको कसुरमा ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ०७९ माघ २५ गते गरेको फैसलाको ०८० साउन १२ गते सार्वजनिक पूर्णपाठमा क्षतिपुर्ति हुने ठहर गर्दै आदेश दिएको हो ।

    उक्त आदेशमा आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय लापरवाहीको कारणले पीडित आठ महिनाको बलक आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको उल्लेख छ । फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘उक्त लक्षण इन्जेक्सन मोन्टाजको साइडइफेक्टको लक्षणसँग मिलेको पाइयो, यसरी अस्पतालको लापरवाहीका कारण गलत औषधिको अधिक मात्रा प्रयोग गरी आठ महिनाको बालकको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिकलगायत असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपुर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो ।’

    बालकलाई श्वासप्रश्वासमा समस्या भएर ०७३ असार २२ गते अस्पतालको इमर्जेन्सीमा उपचार गर्नको लागि पुर्‍याइएको थियो । उपचारको क्रममा अर्कै बालकका लागि तयार पारिएको खोप आफ्नो बच्चामा लगाउँदा सास फेर्न गाह्रो हुनुका साथै दिसा, पिसाब चुहिनेजस्ता लक्षण देखिएको र स्वास्थ्यमा गम्भीर क्षति पुगेको भन्दै पीडित बालकका बुबा ध्रुवकुमार विकले ०७३ भदौ २४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दिनुभएको थियो ।

    उजुरीपछि जिल्ला जनस्वास्थ्य कार्यालयकी डा. आयुष्मा रेग्मीले घटनाको तयार गरेको प्रतिवेदन अनुसार बालकमा देखिएको लक्षण मेनेन्जाइटिस मलेरियाको खोपको साइड इफेक्टबाट देखिने प्रमाणित हुने अदालतको ठहर भएको थियो । उक्त घटनामा जिल्ला क्षतिपुर्ति समिति, काठमाडौँले १५ लाख रुपियाँ अस्पतालले क्षतिपुर्ति दिनुपर्ने निर्णय गरेको थियो । त्यसपछि जिल्ला अदालत, उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.