• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रसुवाको पाँच ओटै गाउँपालिकामा ९ सय भन्दा बढी पशु लम्पी स्किनबाट सङ्क्रमित

"रसुवाको पाँच ओटै गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा परेका छन् । "

  •    अभियन हाम्रो / शुक्रबार, साउन १२, २०८०  

  • रसुवाको पाँच ओटै गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा परेका छन् । लम्पी स्किन रोगका कारण हालसम्म दुई सयभन्दा बढी पशु मरेका छन् । गोसाइँकुण्ड गाउँपालिकामा मात्र लम्पी स्किनबाट हालसम्म २६ ओटा चौँरी, एक ओटा याक र ४८ ओटा स्थानीय जातका गाईगोरु मरेको पशु सेवा प्राविधिक प्रमुख सुरेश बडालले जानकारी दिनुभयो । उहाँका अनुसार ९ सय भन्दा बढी पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।

    समयमा औषधि उपचार नभएको कारण पशुवस्तु मरेको र बिमा दावी पनि नहुने कुराले त्रसिता भएको गोसाइकुण्ड गाउँपालिका-६ का किसान फुर्पा तामाङले उल्लेख गर्नुभयो । लम्पी स्किन लागेकोले दुध उत्पादन घटेको चिज उत्पादन केन्द्रका प्रमुख छत्रबहादुर लामाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आमाछोदिङमो गाउँपालिकामा पनि रोग फैलिएको छ । सोमदाङ र गत्लाङमा पनि धेरै सङ्क्रमण फैलिएर गाईगोरु मरेको छ ।’ गाउँमा लम्पी स्किन रोगको कारणले गाईगोरु बिरामी हुँदा स्थानीय किसानले रोपाइँ गर्न नसकेको आमाछादिङमो गाउँपालिका-३ का किसान कार्साङ तामाङले बताउनु भयो ।

    गोल्जुङबेडशी र गत्डलाङको बेसी लगाएत अधिकांश जमिनमा अहिलेसम्म रोपाइँ हुन सकेको छैन । त्यहाँ ट्याक्टरको चलन पनि छैन । हिमाल र पहाडी भिरालो जमिनमा गोरु नै लगाउनु पर्ने खेतहरूमा धान रोपाइँ हुन नसकेको तामाङले जानकारी दिनुभयो । अधिकांश जमिनहरू भिरालो र अग्ला कान्ला भएका खेत बारीमा धान, कोदो, सिमी लगाउने समय भए पनि जोत्नका लागि गोरुकै प्रयोग गरिन्छ । लम्पी स्किन रोगको महामारी भएका कारण यस वर्ष गोरु प्रयोग गरेरे जोत्न नपाएको कारण धेरै जग्गा बाँझो नै छ ।

    पशुहरूमा लागेको लम्पी स्किन रोगका कारण गोरुहरूबाट यस वर्ष रोपाइँ नभएको कारण किसानहरूको धेरै जग्गा बाँझो भएको उत्तरगया गाउँपालिका-१ का किसान सेदार तामाङले बताउनु भयो । पशुमा आएको रोगको महामारीले किसानले गोरु प्रयोग गर्न नपाउँदा यस वर्षको धान रोपाइँ कम भएको नौकुण्ड गाउँपालिका-२ का किसान श्याम तामाङले उल्लेख गर्नुभयो । गाईगोरुमा लागेको लम्पी स्किन रोगको उपचार समयमै नभएको अवस्थामा गाउँमा भोकमरी लाग्न सक्ने उहाँले भन्नुभयो ।

    कालिका गाउँपालिकामा चार ओटा चौँरी, १० ओटा गाईगोरु मरेका छन् भने २ सय जति पशुहरू सङ्क्रमित भएका छन् । लम्पी स्किन रोग फैलिएकोले खास उपचार नहुने, लक्षण अनुसारको रोकथामका लागि औषधि उपचार गर्नु पर्ने तर गाउँपालिकामा बजेट नभएकोले औषधि अभाव भएको कालिका गाउँपालिकाको पशु शाखा प्रमुख बुद्धिनाथ न्यौपानेले जानकारी दिनुभयो । ‘रोग नलागेको स्थानमा पशुहरूलाई खोप लगाउनुपर्छ तर खोप धेरै महङ्गो भएकोले किसान आफैले किनेर लगाउन नसक्ने अवस्था रहेको प्रमुख न्यौपानेले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.