• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्यो महँगी


  •    संवाददाता/ शुक्रबार, साउन १२, २०८०  

  • भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ। महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतसँग वार्ता गर्ने भएको छ। भारतले केही सीमित प्रकारका चामलमा लगाएको प्रतिबन्ध हटाउन वार्ता गर्ने आइएमएफको भनाइ छ।

    भारत सरकारले यही जुलाई २० तारिखमा चाडपर्वको सिजनलाई मध्येनजर गर्दै बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। देशमा बढ्दो चामलको मूल्य रोक्न र घरेलु आपूर्ति बढाउन सरकारले यस्तो निर्णय गरेको थियो।

    भारतको खाद्य मन्त्रालयले गैरबासमती उसिना चामल र बासमती चामल निर्यात नीतिमा कुनै परिवर्तन नहुने बताएको छ। भारतबाट निर्यात हुने कुल चामलमा गैरबासमती र सेतो चामलको हिस्सा करिब २५ प्रतिशत छ।

    आइएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गौरिन्चसले भारतले अहिले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वभरि नै खाद्यान्नको मूल्यमा अस्थिरता पैदा हुन सक्ने बताएका छन्।

    प्रतिबन्धको एक हप्तामै विश्वभर चामलको कमी हुन थालेको छ। अमेरिकामा बस्दै आएका कपितय भारतीय चामल किन्न लामो लाइनमा बस्नुपर्ने बाध्यतासमेत देखिएको छ।

    भारतको विदेश व्यापार महानिर्देशनालयका महानिर्देशक सन्तोषकुमार सारंगीले केही सर्तसहित चामल निर्यातलाई अनुमति दिन सकिने बताएका छन्।

    भारत ठूलो निर्यातक

    भारत चामल निर्यातमा विश्वकै ठूलो निर्यातक हो। गत वर्ष सेप्टेम्बरमा सरकारले टुक्रा चामल (कनिका) निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अन्य केही चामल निर्यातमा २० प्रतिशत भन्सार लगाएको थियो।

    भारतले आर्थिक वर्ष २०१९–२० मा १.२५ करोड मेट्रिक टन, २०२०–२१ मा २.०२ करोड मेट्रिक टन, २०२१–०२२ मा २.२ करोड मेट्रिक टन र २०२२–०२३ मा २.२५ करोड मेट्रिक टन चामल निर्यात गरेको थियो। यस्तै चालू आवमा २.३ करोड मेट्रिक टन पुग्ने अनुमान सरकारले गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.