• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दुई दशकमा डेंगुका ८३ हजार संक्रमित, ११० को मृत्यु


  •    संवाददाता/ शुक्रबार, साउन १२, २०८०  

  • बर्खा लागेसँगै डेंगुको संक्रमण देशभर तीव्र रूपमा फैलिएको छ। डेंगुकै कारण करिब सात महिनाको अन्तरालमा चार हजार २८९ जनामा संक्रमण देखिएकाे छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको झन्डै आधा जनसंख्या अर्थात् चार अर्ब मानिस डेंगु भाइरसको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छन्। प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। नेपालमा भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार ०६० (सन् २००४ देखि ०२३) देखि ८० को साउनसम्म ८३ हजार ६ सय ८१ संक्रमित र ११० जनाको मृत्यु भएको छ।

    नेपालमा पहिलोपटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो। त्यसपछि प्रत्येक वर्ष कहिले महामारीको रूपमा त कहिले सामान्य रूपमा देखा पर्ने गरेको छ। अहिले नेपालका मुस्ताङबाहेक सबै जिल्लामा यो भाइरस पुगिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो। ‘नेपालमा गत पुसदेखि साउन ९ गतेसम्म ४२८९ जना डेंगुका संक्रमित छन्,’ दाहालले भन्नुभयो, ‘सुनसरीमा २५ सयभन्दा बढी, धादिङमा चार सय र कास्कीमा दुई सयभन्दा बढी संक्रमित देखिएका छन्।’

    २० वर्षमा डेंगुको अवस्था

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०६१–६२ मा डेंगुका बिरामीको संख्या शून्य थियो। २०६२–६३ मा ३२, २०६३–६४ मा २७, २०६४–६५ मा १० जना संक्रमित थिए। यस्तै २०६५–६६ मा ३० र २०६६–६७ मा ९१७ जना संक्रमित थिए, जसमध्ये पाँच जनाको मृत्यु भएको थियो।

    यसैगरी आर्थिक वर्ष २०६७–६८ मा डेंगुका बिरामी ७९ जना थिए। २०६८–६९ मा १८३, २०६९–७० मा ६८६, २०७०–७१ मा ३५६, २०७१–७२ मा १३५ जनामा डेंगु देखिएको थियो, जसमध्ये एक जनाको मृत्युसमेत भएको रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। त्यस्तै, २०७२–७३ मा १५२९ जना संक्रमित बिरामी हुँदा दुई जनाले मृत्युवरण गरेका थिए भने २०७३–७४ मा २१११ संक्रमितमध्ये तीन जनाको ज्यान गएको थियो।

    २०७४–७५ मा ८११ जनामा डेंगु देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो। यस्तै, २०७५–७६ मा ३४२५ संक्रमित र एकको मृत्यु, २०७६–७७ मा ५३० संक्रमित, २०७७–७८ मा ५४० र २०७८–७९ मा सर्वाधिक ३७१३१ डेंगुका संक्रमित भेटिएका थिए।

    हाल डेंगुबाट सर्वाधिक प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, चितवन, रुपन्देही र धादिङ रहेका छन्।

    डेंगु रोगबाट बच्न के गर्न सकिन्छ?

    डा. दाहालका अनुसार डेंगुबाट बच्न लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्नुपर्छ। खुला स्थानमा पानी जम्मा नगर्ने वा जम्मा हुन नदिने। भएको पानी छोपेर राख्नुपर्छ। शरीरको अधिकांश अंग ढाक्ने लुगा लगाउने र त्यसमा पनि सकेसम्म फिक्का सेतो रङको पहिरन लगाउनुपर्छ। दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने र टोकाइबाट जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने, रातको समयमा झुल भित्र सुत्ने तथा वरपरका वातावरण सफा राख्नुपर्छ।

    जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि डेंगु रोग लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाब छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.