• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धर्मस्थली आधारभुत विद्यालयमा छात्रवृत्ति वितरण तथा अन्तरक्रिया


  •    संवाददाता/ बिहिबार, साउन ११, २०८०  

  • पोखरा । कास्कीकाे पाेखरा ५ मा रहेकाे धर्मस्थली आधारभुत विद्यालयले विहिवार छात्रवृत्ति वितरण गरेकाे छ । विद्यालयले गरीब, जेहेन्दार, उत्कृष्ट र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हाे । २०७९ सालको नेपाल सरकारबाट प्राप्त ६३ हजार २ सय रुपैयाँ छात्रवृत्ति १ सय ५८ जना दलित र छात्रालाई जनही ४ सय रुपैयाँका दरले वितरण गरिएकाे हाे ।

    यस्तै विद्यालयले मानव धर्म सेवा तर्फको १० हजार रुपैयाँ छात्रवृत्ति ५ जनालाई वितरण गरेको छ । मानव सेवा धर्मकाे छात्रवृत्ति कक्षा ८ मा अभिनाश नेपाली, एस्टर नेपाली, कक्षा ७ का मल्दिका परियार, कक्षा ६ का सुस्मिता माझी र सुजन परियारलाई जनही २ हजार रुपैयाँका दरले प्रदान गरेकाे हाे ।

    यस्तै विद्यालयले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापनबारे अविभावक र व्यवस्थापन समितिसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले आफ्नो कार्यकालमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्थानीय निकाय, संघसंस्थासँग समन्वय गरी दिवा खाजालाई निरन्तर दिने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा पूर्व वडा अध्यक्ष राम्जी प्रसाद वराल, समाजसेवी पान प्रसाद तिमिल्सिना, निर्मला पाण्डे, मिनु के. सी र लक्ष्मण अधिकारी लगायतले दिवा खाजा कार्यक्रमका लागि दाल, चामल, आटा, तेल, चना चिउरा आलु, प्याज, मसला आदि खाद्य वस्तु हस्तान्तरण गरे ।

    प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर ५ का अध्यक्ष विष्णु प्रसाद बरालले विद्यालयकाे चौतर्फी विकासका लागि वडा सधैं तत्पर रहेको बताए ।

    विशेष अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा अधिकृत रामप्रसाद तिवारीले धर्मस्थली विद्यालय महानगरको उत्कृष्ट ५ विद्यालयमा परी सम्मानित भएकोमा बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट होस् भनी शुभकामना दिए ।

    प्रधानाध्यापक बदन कुमारी शर्माले विद्यालयको गतिविधि प्रस्तुत गरेका थिए । विद्यालयले २०८० को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल पनि विहिवार नै प्रकाशन गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.