• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मणिपुरमा लगातार हिंसा जारी, प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव


  •    संवाददाता/ बिहिबार, साउन ११, २०८०  

  • तीन महिनादेखि मणिपुर अशान्त छ। त्यहाँ दिनप्रतिदिन हिंसाका शृंखलाबद्ध घटना बढ्दै गएका छन्। मणिपुरमा विभिन्न जिल्लामा जारी हिंसा अहिले चुराचाँदपुर जिल्लामा सल्किएको छ।

    मणिपुरमा गत ३ मेमा कुकी समुदायका तर्फबाट निकालिएको ‘आदिवासी एकता मोर्चा’ बीच हिंसा भड्किएको थियो। यसमा कुकी र मैतेई समुदायबीच हिंस्रक झपडसमेत भएको थियो। त्यतिबेलादेखि त्यहाँको स्थिति तनावग्रस्त छ। हिंसामा परी अहिलेसम्म १६० जनाले ज्यान गुमाइसकेका छन्।
    मणिपुरमा मैतेई जातिको संख्या करिब ५३ प्रतिशत छ। यीमध्ये अधिकांश इम्फालको पहाडी इलाकामा बस्छन्। यसमा पनि नागा र कुकी गरी ४० प्रतिशत आदिवासी छन्।

    मणिपुरलाई लिएर संसद्मा हंगामा

    मणिपुरको हिंसालाई लिएर सडकेदखि संसद्सम्म हंगामा जारी छ। २० जुलाईदेखि सुरु भउको मनसुन सत्र लगातार स्थगित छ। विपक्षी दलले मणिपुर हिंसामाथि बहस गर्नुपर्ने तर्क राखेका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसबारे जबाफ मागेका छन्।

    यसबारे जबाफ दिन २६ जुलाईमा लोकसभाका सभामुख ओम विरलामार्फत अविश्वासको प्रस्ताव नोटिस दिइएको छ। उक्त प्रस्ताव स्वीकृत भएको छ। यद्यपि यसमाथि अर्को हप्ता मात्रै चर्चाको समय तय गरिनेछ।

    राज्यसभामा मणिपुर हिंसामाथि बहको माग गर्दै सभापति जगदीप धनखडको कुर्सीनजिकै पुगेर विरोध गर्ने आम आदमी पार्टीका सांसद सञ्जय सिहं संसद्को पूरै सत्रबाट निष्कासित हुनुभएको छ।

    विपक्षी गठबन्धन ‘इन्डिया’ ले बिहीबार बैठक बोलाएको थियो। बैठकमा विपक्षी दलका सांसद कालो वस्त्रमा पुगेका थिए। विपक्षी सांसदले मणिपुरमाथि चर्चा गर्न अनुमति नदिएको र अविश्वासको प्रस्तावमा पनि चर्चा सुरु नभएको भन्दै केन्द्रीय सरकारको विरोधमा कालो वस्त्रमा पुगेका थिए।

    महिलालाई निवस्त्र सडकमा घुमाइएको थियो

    १९ जुलाईमा दुई महिलालाई निवस्त्र पारी सडकमा घुमाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हंगामा मच्चिएको थियो। उक्त भिडियो ४ मेको भए पनि गुनासो १८ मेमा दर्ता गरिएको थियो। त्यसपछि मोदी सरकार कैयौँ प्रश्नको घेरामा आयो। केन्द्रीय सरकारमाथि दबाब बढ्दै गएपछि प्रहरीले पाँच आरोपीलाई पक्राउसमेत गर्यो। मणिपुर हिंसा रोक्न नसक्नुको दोष विपक्षीले प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहलाई ठहर्याएको छ।

    राष्ट्रपति शासन लागूको माग

    मणिपुरका नौ कुकी जनजातिको प्रतिनिधित्व गर्ने जोमी काउन्सिल सञ्चालन समितिले प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै शान्ति बहालीका लागि तत्काल हस्तक्षेप जरुरी गरेको बताएको थियो। साथै राष्ट्रपति शासन लागू गर्न पनि भनिएको थियो।

    किन भइरहेको छ विरोध?

    मणिपुरमा कुकीले जनजाती मैतेई समुदायलाई एसटीको दर्जा दिइएको विरुद्ध विरोध प्रदर्शन गरिरहेको छ।

    मणिपुरको ३८ लाख जनसंख्यामा आधाभन्दा बढी जनसंख्या मैतेई समुदायको छ। हालै मणिपुर उच्च अदालतले राज्य सरकारलाई मैतेई समुदायलाई अनुसूचित जनजाति (एसटी) मा सहभागी गराउनेबारे विचार गर्ने आदेश जारी गरेको छ।

    यता मैतेई समुदायले भने सन् १९४९ मा भारतीय संघमा विलय हुनुपूर्व उनीहरूले जनजातिको दर्जा प्राप्त गरेको बताएको। पछिल्ला ७० वर्षमा ६२ प्रतिशतले जनसंख्या घटेर ५० प्रतिशतहाराहारी छ। आफ्नो सांस्कृति पहिचानका लागि सो समुदायले आरणक्षण माग्दै आइरहेको छ।

    नगा र कुकी जनजाति मैतेई समुदायलाई दिने आरक्षणविरुद्ध छन्। एसटीमा मैतेईलाई आरक्षण दिँदा आफ्नो अधिकार बाँडिने उनीहरुको बुझाइ छ। मणिपुरको ९० प्रतिशत क्षेत्रमा बसोवास गर्ने यी जातिको जनसंख्या ३४ प्रतिशत छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.