• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विद्यालयमा दिवा खाजामा गाउँमै फलेका अन्नबाली प्रयोग गर्ने निर्णय

"साँफेबगर नगरपालिकाले बालबालिकाहरुको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा गाउँमै फलेको अन्नबालीको प्रयोग गर्ने निर्णय गरेको छ । "

  •    अभियन हाम्रो / बिहिबार, साउन ११, २०८०  

  • साँफेबगर नगरपालिकाले बालबालिकाहरुको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा गाउँमै फलेको अन्नबालीको प्रयोग गर्ने निर्णय गरेको छ । स्थानीय रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गर्न  र बालबालिकाहरुको स्वास्थ्य पोषणको सुनश्चितताका लागि विद्यालयमा दिवा खाजामा गाउँमै फलेका अन्नबाली प्रयोग गर्ने निर्णय गरेको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले बताउनु भयो ।

    दिवा खाजामा स्थानीय उत्पादन प्रयोगको लागि ईच्छुक कृषि सहकारी संस्था, वहुउदेश्य सहकारी संस्था र वचत तथा ऋण सहकारी सस्थालाई साउन २० गते भित्रै प्रस्तावना माग गरिएको  साँफेबगर नगरपालिकाका प्रमुख कुँवरले बताउनु भयो । स्थानीय उत्पादनबाट विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्न, कृषि उत्पादनसँगै रोजगारी वृद्धिको अवसर सृजना गर्न, विद्यालय दिवा खाजालाई स्थानीय कृषि व्यवसाय र साना किसानका कृषि उत्पादनसँग जाडेर विद्यार्थीहरूले पौष्टिक तत्व सहितको ताजा खाजा खान पाउने वातावरण सृजना गर्न र कृषक र कृषिमा लगानी गर्ने वातावरण निर्माण गर्न नगरपालिकाले यो निर्णय गरेको नगरप्रमुख कुँवरको भनाइ छ ।

    उहाँले नवीन कृषिप्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकरण मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न कृषकलाई नगरपालिकाले अनुदान समेत वितरण गर्दै आएको जानकारी दिनु भयो । विद्यालयको दिवा खाजामा कोदो, मकै, भट्मास, स्थानीय धान, सिस्नु, फाँपरको ढिँडो, सिमी र बोडीको प्रयोग भएमा रैथाने बालीको सम्मानसँगै बालबालिकामा पौष्टिक तत्वको विकास हुने साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोजले बताउनु भयो ।

    स्थानीय उत्पादनबाट प्राप्त अन्नबालीबाट बालबालिकाले ताजा दिवाखाजा खान पाउने, कृषक र समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने र स्थानीय कृषि उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सकिने उपप्रमुख कुँवरको भनाइ छ । स्थानीय कृषकलाई आफ्ना रैथाने कृषि उपजको बिक्री वितरणमा समस्या नहुने गरी व्यवस्थापन गर्न सकिने, कृषि सहकारी संस्था, वहुउद्धेश्य सहकारी संस्था, वचत तथा ऋण सहकारी संस्थासँग छलफल गरेर प्रस्तावना पेश गरिने र एक सहकारीले एक विद्यालयलाई दिवा खाजाको व्यवस्थापनको लागि जिम्मा लिने तयारी भइरहेको राष्ट्रिय कृषक समूह महासंघ नगरअध्यक्ष सुरेश कुँवरले बताउनु भयो ।

    साँफेबगर नगरपालिका क्षेत्रमा बालबिकासमा पढ्ने बालबालिका र कक्षा १ देखि ६ कक्षासम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या ४ हजार भन्दा बढी रहेको र यी विद्यार्थीको दिवा खाजाको लागि १५ रुपियाँको दरले यो वर्ष १ करोड ४६ लाख ६२ हजार रुपियाँ प्राप्त भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकरप्रसाद खनालले जानकारी दिनु भयो । स्थानीय तथा रैथाने बालीबाट खाजाको उपलब्धता भएमा दिवा खाजाका लागि प्राप्त रकम गाउँमै भित्रिने प्राविधिक सहायक खनालको भनाइ छ ।

    सरकारले कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोडेर उनीहरुको सीप, क्षमतालाई विकास गरी स्थानीय बालीलाई प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेको र यस कार्यक्रमले स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रर्वद्धनसँगै विद्यालयका बालबालिकाहरुले सफा, ताजा, स्वच्छ र पोषणयुक्त खाजा पाउने र कृषि क्षेत्र पनि फस्टाउने अवसर प्रदान गर्ने कृषि अधिकृत हिरे सार्कीले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.