• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप मन्थली अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र,जस्ताको टहरोमा सञ्चालनमा हुँदा सेवाग्राहीलाई समस्या

"मन्थली नगरपालिका स्थित मन्थली अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र जस्ताको टहरोमा सञ्चालनमा हुँदा सेवाग्राहीलाई समस्या परेको छ । "

  •     अभियान हाम्रो डट कम / बिहिबार, साउन ११, २०८०  

  • मन्थली नगरपालिका स्थित मन्थली अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र जस्ताको टहरोमा सञ्चालनमा हुँदा सेवाग्राहीलाई समस्या परेको छ ।अस्पताल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नसकिदिँदा टहरोमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । अस्पताल निर्माणको लागि श्री गाल्वारलाल शुभ मेन्द्रो जेभी काठमाडौँले जिम्मा लिएका थिए । उक्त कम्पनीले ०७९ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी ०७८ जेठ ३० गते अस्पताल निर्माणको सम्झौता भएको भवनको करिब ४० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ ।बागमती प्रदेश सरकारको लगानीमा तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछाप मार्फत ९ करोड ३२ लाख ५० हजार ९ सय ८६ रुपियाँमा काम सम्पन्न गर्ने गरी भवनको ठेक्का सम्झौता भएको थियो ।

    Photo_080-4-11_Ramechhap4

    निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट २ करोड ९० लाख १५ हजार बढी भुक्तानी लिएपछि काम छाडेर सम्पर्कविहीन भएको छ । सो कम्पनी सम्पर्कमा नआएपछि ०७९ असार महिनादेखि निर्माणको काम रोकिएको थियो । ६ महिनासम्म कुनै काम नभएपछि ताकेता गरेर निर्माणको जिम्मा लिएको पाटनर कम्पनी गाल्वालाई काम गर्न लगाइको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताउनु भयो । नगरपालिकाको लगातारको ताकेतापछि गाल्वाले भवनको एउटा तला ढलान गरेको भए पनि फेरी काम रोकिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्थली नगरपालिकाले १५ शैय्याको अस्पतालमा विस्तार गरेको भए पनि नयाँ भवन नबन्दा प्राथमिक स्वास्थ्य केन्द्रकै जस्ताको छाना भएको साँघुरो घरबाट अस्पतालले सेवा दिँदै आएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिनुभयो । बिरामी राख्नको लागि जस्ताको टहरो प्रयोग गरिएको र अस्पतालले सेवा थप्दै जाँदा भवन नपुगेपछि साना साना अस्थायी टहरा बनाएर सेवा प्रवाह गरिएको प्रमुख फुयाँलले बताउनु भयो ।

    Photo_080-4-11_Ramechhap2

    प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति गरेपछि अस्पतालले एक्स–रे, भिडियो एक्स–रे, विभिन्न खालका ल्याब, फिजियोथेरापी, आँखा, दाँत लगायतका सेवा थप गरेको छ । त्यसको लागि अहिलेको संरचना निक्कै साँघुरो छ । ‘भवन बनेको भए सेवा प्रवाह गर्न निक्कै सजिलो हुन्थ्यो’, फुयाँलले भन्नुभयो । मन्थलीमा अत्याधिक गर्मी हुने भएकाले जस्ताको टहरोमा उपचार लिन बिरामीलाई निक्कै कठिन हुने गरेको र सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत निक्कै कठिन भएको अस्पतालका दन्त प्राविधिक वसन्त घिमिरेले जानकारी दिनुभयो । ‘जस्ताको छानो तातेपछि बस्न निक्कै कठिन हुन्छ’, अस्पतालका दन्त प्राविधिक घिमिरेले भन्नुभयो ।

    Photo_080-4-11_Ramechhap1

    भवन निर्माणको काम छिटो सक्न ताकेता गरिरहेको भए पनि केही दिन यता फेरी काम रोकिएको स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताउनु भयो । ‘काम किन रोकेको हो, हामी फेरी ताकेता गर्छौँ’, उहाँले भन्नुभयो । अस्पताल भवन नबन्दा सेवा लिन गर्मीले निक्कै गाह्रो भएको सेवाग्राही रत्नप्रसाद कँडेलले बताउनु भयो । जस्ताका टहरा तात्दा सेवा बिरामी बस्नै नसक्ने उहाँले उल्लेख गर्नुभयो । यसको साथै अस्पतालमा पार्किङको समेत व्यवस्था नहुँदा थप सङ्कट भएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.