• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय युवा नीतिसम्वन्धि गण्डकी प्रदेशस्तरिय युवाहरुबीच अन्तरक्रिया

"राष्ट्रिय युवा परिषद, नेत्रहिन युवा संघ नेपाल र राइट हेयर राइट नाउ नेपालको संयुक्त आयोजनामा गण्डकी प्रदेशका युवाहरुको बीचमा राष्ट्रीय युवा नीतिसम्वन्धि अन्तरक्रिया भएको हो । "

  •    अभियन हाम्रो / बुधबार, साउन १०, २०८०  

  • राष्ट्रिय युवा नीतिसम्वन्धि गण्डकी प्रदेशस्तरिय युवाहरुबीच पोखरामा अन्तरक्रिया गरिएको छ । राष्ट्रिय युवा परिषद, नेत्रहिन युवा संघ नेपाल र राइट हेयर राइट नाउ नेपालको संयुक्त आयोजनामा गण्डकी प्रदेशका युवाहरुको बीचमा राष्ट्रीय युवा नीतिसम्वन्धि अन्तरक्रिया भएको हो । गण्डकी प्रदेशमा विभिन्न पेशा, शिक्षा, वर्ग, क्षेत्र, समुदायलगाएतमा रहेका युवाहरुको सहभागितामूलक उपस्थिति रहेको थियो ।

    कार्यक्रमको मुख्य उद्देश्य विद्यमान राष्ट्रिय युवा नितिको सम्बन्धमा युवाहरुलाई सुशुचित गराउनु र अव परिमार्जन हुने चरणमा रहेको राष्ट्रीय युवा नीतिमा कस्ता मुद्दाहरु समेटिनु पर्छ भनी युवाहरुबाट सुझाव संकलन गर्नु रहेको नेत्रहिन युवा सङ्घ नेपालका कार्यक्रम अधिकृत नीर श्रेष्ठले जानकारी दिए सहभागिहरुबाट धेरै किसिमका सुझावहरु आएको उनी बताउँछन् । शिक्षालाई सिपसँग जोडिनुपर्ने, हरेक किसिमका निर्णायक प्रकृया र जिम्मेवारीमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता, नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्ने, स्थानीय तहमा युवाहरुको सहभागिता हुनुपर्ने, रोजगारी तथा उद्यमसिलता विकासको लागी परिवेश सुहाउँदो नीतिहरू अवलम्बन गर्नुपर्ने, नेपाली युवाहरूले विश्व बजारमा सहजै प्रतिस्पर्धा र पहुँच कायम गर्न सक्ने किसिमको नीति अक्तियार गर्नुपर्ने, सिमान्तकृत समुदायका युवाहरूको सशक्तिकरणका लागी विशेष र थप समावेशिमुलक निति र कार्यक्रमहरूको व्यवस्था गरिनुपर्ने, बृहत् यौनिकता शिक्षालाई जीवनोपयोगी सिप र ज्ञानको प्रमुख हिस्साको रूपमा स्विकार्दै त्यसअनुरूपका नीतिहरू अक्तियार गर्नुपर्ने, हरेक क्षेत्रमा लैङ्गिक समता सुनिश्चित गराउने खालका नीतिहरू ल्याइनुपर्ने, इन्टरनशिप, सिप पाठशाला, नविनतम विकासको प्रवर्तनको लागी युवा लक्षित विशेष व्यवस्थाहरू युवा नीतिमा नै समेटिनुपर्ने र अन्य निती, वार्षिक निति तथा कार्यक्रम र योजनामा उल्लेख भएका पक्षहरूलाई युवा नीतिमा पनि प्रतिबिम्बन गर्नुपर्ने सुझाव कार्यक्रममा दिइएको श्रेष्ठले बताए । कार्यक्रम निकै उपलब्धिमूलक भएको उनको भनाई थियो ।

    अन्तरक्रियामा राष्ट्रिय युवा परिषदका उपसचिव कर्ण कुँवर, सुवास मल्ल र निर श्रेष्ठले युवाहरुलाई प्रशिक्षण दिएका थिए । त्यस्तै जिल्ला युवा समिति कास्कीका अध्यक्ष विबेक देवकोटा, संघिय युवा सञ्जालका पूर्व केन्द्रीय अध्यक्ष विबेक त्रिपाठी, राइट हेयर राइट नाउकी प्रतिनिधि संस्कृति श्रेष्ठको उपस्थितिमा भएको अन्तरक्रियामा ४० जनाको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.