• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मेयरले ज्यान मार्ने धम्की दिएको पत्रकारको आरोप


  •    संवाददाता/ बुधबार, साउन १०, २०८०  

  • सुनसरीकाे बराहक्षेत्र नगरपालिका–४ का २८ वर्षीय पत्रकार सुविन विश्वकर्माले बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।

    मेयर कार्कीले बराहक्षेत्र नगरपालिकाका, प्रेस संयोजक बराहक्षेत्र नगरपालिका-६ का ३६ वर्षीय सुरज भनिने महेश क्षेत्रीलाई प्रयोग गरी साउन ९ गते ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारको आरोप छ ।

    बराहक्षेत्र नगरपालिका-४ स्थित हैटा खोला किनारमा बसोवास गरिरहेका तीन ओटा सुकुम्वासी परिवारलाई ०८० साउन ५ गते मेयरले हटाउन खोजेको विषयमा समाचार लेखेपछि जनप्रतिनिधिबाट धम्की आरोप पीडित पत्रकारको आरोप छ ।

    बराहक्षेत्र नगरपालिका-४ स्थित घरमा बसिरहेको अवस्थामा साउन ९ गते महेश क्षेत्री आएर मेयरका विषयमा नकारात्मक समाचार लेख्नेलाई अर्को संसार पुर्‍याइ दिने धम्की दिएको पीडित पत्रकार विश्वकर्माले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

    पत्रकारलाई धम्की दिएको विषयलाई मेयर रमेश कार्कीले अस्वीकार गर्नु भएको छ ।

    मेयर कार्कीले नगरपालिकाको प्रेस संयोजकमा बस्न सुविन विश्वकर्माले इच्छा गरेको तर आफूले अर्कैलाई प्रेस संयोजक तोकेपछि समाचारका माध्यमबाट रिस फेरेको मेयर कार्कीको भनाइ छ ।

    पत्रकार विश्वकर्माले साउन ६ गते हाम्रोशब्द डटकममा सुकुम्वासीलाई उठिवास लगाउन मेयरको सक्रियता विषयमा समाचार लेखेपछि ज्यान मार्ने धम्की दिइएको नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका सहसचिव तीर्थ कार्कीले बताउनु भयो ।

    ज्यान मार्ने धम्कीका विषयमा पीडित पत्रकारले पत्रकार महासङ्घ, सुनसरी शाखामा साउन ९ गते मौखिक उजुरी दिएको सहसचिव कार्कीले बताउनु भएको छ ।

    मानव अधिकार रक्षकसम्बन्धी घोषणा पत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.