• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धादिङ अस्पतालमा डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव

"अस्पतालमा ३८ जनालाई डेङ्गी पोजेटिभ देखिएपछि बिरामीलाई राख्ने ठाउँ समेत नभएको भन्दै भर्ना गर्नु पर्ने बिरामीलाई समेत घर पठाइएको छ । "

  •    अभियन हाम्रो / बुधबार, साउन १०, २०८०  

  • धादिङ अस्पतालमा ०८० साउन ९ गते डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव भएको छ । अस्पतालमा ३८ जनालाई डेङ्गी पोजेटिभ देखिएपछि बिरामीलाई राख्ने ठाउँ समेत नभएको भन्दै भर्ना गर्नु पर्ने बिरामीलाई समेत घर पठाइएको छ ।

    डेङ्गी पोजेटिभ भएका र १०३ डिग्री भन्दा बढी ज्वारो आएका केदार अधिकारीलाई अस्पतालले बेड अभाव भएको कारण घर पठाएको उपचारमा अस्पताल पुर्‍याएका किरण श्रेष्ठले जानकारी दिनुभयो ।

    धादिङ अस्पतालमा साउन ८ गतेसम्म चार ओटा बेड खाली थियो । तर साउन ९ गते साँझ ९ बजेसम्म ४२ जना बिरामीलाई डेङ्गी पोजेटिभ देखिएपछि थप गरिएको र अन्य बिरामी समेत अस्पताल आएका कारण बेड अभाव भएको धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले बताउनु भयो । अस्पतालमा ७५ ओटा बेड भएपनि ८५ जना बिरामीलाई राखेर उपचार गरिरहेको डा. रिजालले जानकारी दिनुभयो ।

    धादिङ अस्पतलामा रहेका डेङ्गीका बिरामीहरूमा दुई महिनाको बालक देखि ८९ जनाको ज्येष्ठ नागरिक र हप्ता दिनको सुत्केरी महिला समेतलाई डेङ्गी पोजेटिभ भएर अस्पताल भर्ना भएको डा. रिजालले बताउनु भयो । डेङ्गीका बिरामी अस्पतालमा हप्ता दिनसम्म बस्नु पर्ने भएकोले आफन्त आफैले झुलको व्यवस्था गरेर बेडमा झुल टागेर बस्ने गरेका छन् ।

    डेङ्गीका बिरामी नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी भएकोले यस क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नु परेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले जानकारी दसनुभयो ।

    अस्पतालमा बिरामी भरिएपछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा साउन ९ गते आकस्मिक बैठक बस्दै बेड थप गर्न नसकिने उल्लेख गर्नुभयो । जनशक्ति समेत अभाव भएकोले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग जनशक्ति व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

    हरेकदिन डेङ्गीको सङ्ख्या बढीरहेको र उपचारका लागि बेड अभाव भएको बेला सरोकारवालाहरू, स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरूले सहयोग गर्नु पर्ने, सचेतना अभियान सञ्चालन गर्नु पर्ने, बिरामी व्यवस्थापनका लागि डेङ्गी किट औषधिको लागि प्रदेश सरकार, नीलकण्ठ नगरपालिका लगायतलाई अनुरोध गर्ने निर्णय सरोकारवालाहरूको बैठकले गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.