• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पालिकाले बलजफ्ती सडक खन्यो

"महिनापछि पहिरोले आमाछोराको ज्यान गयो "

  •    संवाददाता/ बुधबार, साउन १०, २०८०  

  • बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। सोमबार बिहान करिब दुई बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उहाँका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो। मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ।

    मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते हुनुभएको छ। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो। घाइतेहरूको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उहाँहरूको अवस्था सामान्य रहेको छ।

    साथै पहिरोमा परी आठ वटा बाख्रा, दुइटा गाई, दुई भैँसी र दुईवटा गोरुसमेत मरेका छन् भने घरमा पूर्ण क्षति पुगेको छ।

    वडा नं १ को हाटदेखि वडा नं २ को भैरु हुँदै गन्नासम्म कटान गरिएको सडकमा भरिएको माटोले पहिरो खसेको हो। ‘यही जेठमा कटान गरिएको सडक हो, त्यही सडकको माटो खसेर घर च्यापियो,’ वडा सदस्य कृष्णबहादुर बोहराले भन्नुभयो, ‘ग्रामीण सडकको करिब ३० मिटर दूरीमा रहेको घरमा सडकबाटै पहिरोसहितको माटो बगेर घर पुरिएको हो।’

    स्थानीयरुले सडक काट्न गरेका थिए विरोध

    गाउँको बीचबाट सडक कटान नगर्न स्थानीयले विरोध गरेका थिए। तर नगरपालिकाले जबरजस्ती डोजर लगाएको थियो। वडा सदस्य बोहराका अनुसार त्यहाँका केही परिवारले गाउँको बीच भागबाट सडक नलग्न आग्रह गरेका थिए। यद्यपि नगरपालिकाले भने सडक कटान गरेरै छाड्यो। ‘अहिले सकड त्यही सडकबाट खसेको पहिरोले यत्रो क्षति पुग्यो,’ सदस्य बोहराले भन्नुभयो।

    अर्का स्थानीय जनक बोहराले सडक निर्माणमा विरोध गर्दागर्दै नगरपालिकाले सडक कटान गरेको बताउनुभयो। ‘हामीले बस्तीलाई जोखिम नहुने किसिमले सडक काट्न भनेका थियौँ, तर नगरपालिकाले सुनेन,’ उहाँको गुनासो छ।

    प्राविधिक र स्थानीयसँग समन्वय गरी सकड काटिएको पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपकबहादुर बमले बताउनुभयो। ‘नगरपालिकाको आफ्नै जेसिबी लगाएर सडक कटान गरेको हो,’ नगर प्रमुख बलमे भन्नुभयो, ‘त्यतिबेला सबैसँग समन्वय गरेर सडक कटान गरेका हौँ। सडकमा जम्मा भएको माटो बगेर पहिरो गएको रहेछ।’

    नगरपालिकाले उपचार खर्च र क्षतिपूर्ति दिने

    नगर प्रमुख बमले पहिरोले जनधनको क्षति भएको बताउँदै घाइतेको उपचार र विस्ताथित परिवारलाई तत्काल सहयोग गर्ने बताउनुभयो। मृत्यु भएका आमाछोराको परिवारलाई पनि कार्यपालिकाबाट आवश्यक निर्णय गरी उचित क्षतिपूर्ति प्रदान गर्ने उहाँको भनाइ छ। ‘घाइतेहरूको उपचार खर्च व्यहोर्छाैँ, तत्काल बस्नका लागि वैकल्पिक व्यवस्था गरिँदैछ, र मृतकका परिवारलाई क्षतिपूर्ति दिन यो कुरा कार्यपालिकामा राख्छु,’ उहाँले भन्नुभयो।

    जोखिमयुक्त ग्रामीण सडक

    जिल्लाका ग्रामीण सडक जोखिमयुक्त छन्। ग्रामीण क्षेत्रलाई सडक पहुँचमा पुर्याउने भन्दै धमाधम बिनाप्राविधिक स्टिमेट र मूल्याकंन नगरीकनै काटिएका सडकमा जोखिम बढ्दो छ। गत असार २५ गते बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस मेलौली पञ्चेश्वर सडकखण्डमा पर्ने मेलौली नगरपालिका ७ मा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए। उक्त मेलौली–पञ्चेश्वर सडकखण्ड बिना रुट पर्मिटको सडक हो। यसैगरी गत आर्थिक वर्षमा मात्रै बैतडीमा १४ वटा सडक दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ भने ८७ घाइते भएका छन्। तीमध्ये नौ वटा दुर्घटना रुट पर्मिट बिनाका सडकमा भएको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख तेज रावलले बताउनुभयो। स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन नगरीकनै काटिएका सडकमा जोखिम बढ्दो रहेको उहाँको भनाइ छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.