• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रास्वपाका नेताद्वारा पत्रकारलाई अपहरण गरी कुटपिट

" बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ । "

  •    अभियन हाम्रो / मङ्गलबार, साउन ०९, २०८०  

  • बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ । बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन् ।  खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्।

    मंगलबार पत्रकार महासंघ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र चौतारीका तर्फबाट सहसचिव सुरश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका छन्। महासंघ शाखाको विज्ञप्तिमा भनिएको छ,‘स्वतन्त्र सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथासीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछौँ’। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन् ।

    त्यस्तै प्रेस चौतारीले विभिन्न ठाउँमा भएका अनियमितताविरुद्ध कलम चलाउँदा पत्रकारमाथि कुटपिट गरेर बसिरहेको ठाउँ छोड्न बाध्य बनाउनु भत्र्सनायोग्य रहेको उल्लेख गरेको छ । चौतारीले व्यक्तिगत रिसिइबी भए एक आपसमा मिलेर समाधान गर्न आग्रहसमेत गरेको छ । पत्रकार कुट्ने खड्का पहिले नेपाली कांग्रेसमा आवद्ध रहँदै विवेकशील साझामा प्रवेश गरेका थिए । केही समय पहिले साझा पार्टी त्यागी रास्वपा प्रवेश गरेर जिल्ला संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.