नराम्रो छु नजाती छु कस्ले भन्छ र?
दुनियाँमा सद्दे लाई कस्ले गन्छ र?
भित्री आँखा उघारेर हेर्न सक्नुपर्छ!
मानवता मान्छे भित्र सधैं बस्नुपर्छ!
अन्याय र अत्याचार कस्ले सहन्छ र?
सोझासादा मान्छेलाई कस्ले गन्छ र?
नराम्रो छु………!
घमण्ड नै जगतको विभेदको अस्त्र!
त्याग्नु पर्छ अहंकार जप्नु पर्छ मन्त्र!
सत्य अनि धर्मको पथ कहिले मर्छ र?
पापी अनि अ-धर्मिलाई कस्ले गन्छ र?
नराम्रो छु………!