पार्वति बस्नेत काठमाडौं नयाँबानेश्वर बस्दै आएकी छिन् । मोडन कन्या नयाँबानेश्वरमा अध्ययनरत छात्रा पहिले देखिनै साहित्यमा रुचि राख्दै कविता, गजल र निबन्धहरु जस्ता धेरै आर्टिकल लेख्दै आएको अनुभव उनीसंग छ । आशा शिर्षकमा लेखिएको यो कबितामा मेयर बालेन शाह जस्ता युवाहरुको आवश्यकता र आशा छ भन्दै आफ्ना जीवनका केही रङ्गहरु पोख्ने कोशिश हरु पनि गरेकी छिन् बस्नेतले ।
“आशा”
बिर्सी सकेको थिए ति मुस्कानहरु फेरि आशाको रुपमा आयो
तिमी आँखाभरि छापिएको एउटा जुन बनेर आयो तिमि
शरिर यहा भएपनि त्यहि पुगेको मन थियो आशा
खोइ के भयो के एउटा पिडाको धुन भयो आशा
जिवनमा कहिले पनि नभेटिने सुन भयो आशा।।
चारैतिर हरियाली बिचमा म र मेरो आशा
मानिसहरुका धेरै इच्छा आकङ्क्षा हुन्छन्
मेरो पनि एउटा शिखर चढ्ने इच्छा र आशा
शिखर चढी म र मेरो देश चिनाउनेछु ।
अनि प्रकृतिको शुन्दरतामा रमाउँनेछु ।।
काठमाण्डौंको शहरमा कति धेरै विकास
घरबाट बाहिर आउँदा फेर्न गाह्रो सास
यता हेर्यो उता हेर्यो फोहोरको रास
तर अहिले काठमाण्डौंमा मेयर बालेन शाह
आए पछि भयो सबै सफा र विकास देश
विकास गर्नुका लागी यस्ता हजारौ युवाहरुको आस छ ।