• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सरकारकाे नयाँ आदेश, हड्ताल गर्न निषेध गरेका पच्चीस क्षेत्र कुन–कुन हुन्?


  •    संवाददाता/ मङ्गलबार, साउन ०९, २०८०  

  • सरकारले आवश्यक सेवा सञ्चालन ऐनअनुसार पच्चीस आवश्यक सेवामा हड्ताल गर्न निषेधाज्ञा जारी गरेको छ।

    सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकारी प्रयोग गरी यस्ता सेवामा हड्ताल गर्न नपाइने गरी वतर्मान सरकारले हड्ताल निषेधाज्ञा सम्बन्धि गत जेठ ३२ मा गरेकाे नयाँ निर्णय हालै राजपत्रमा प्रकाशित छ।

    सरकारले वर्गीकरण गरेको आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल र हवाई मार्गबाट यात्री या मालसामान ओसारपसार गर्ने यातायात सेवा रहेका छन्। यसैगरी हड्ताल गर्न नपाइने अन्य सेवामा विमानस्थल, विमानस्थलको देखभाल, त्यसको सञ्चालन तथा मर्मत कार्यसँग सम्बन्धित सेवामा पनि हड्ताल गर्न निषेध जारी गरिएको छ।

    हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने, राख्ने या थन्काउने कामसँग सम्बन्धित सेवा पनि निषेधित क्षेत्रमा पारिएको छ ।

    यसैगरी प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, इन्टरनेट सेवा र सबै सञ्चार सेवालाई पनि निषेधित क्षेत्रमा पारिएको छ ।

    हातहतियार खरखाजना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै पनि सेवामा हड्ताल गर्न पाइँदैन।

    आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन थता वितरण, पर्यटन आवसा, मोटेल, होटेल, रेस्टुँरा र रिसोर्ट सेवामा पनि सरकारले हड्ताल गर्न निषेध गरेको छ। यसैगरी पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, औषधि निर्माण एवं बिक्री वितरणजन्य सेवा हड्तालका लागि निषेध गरिएको छन्।

    फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसम्बन्धी सेवा, बैँकिङ, बिमा, विद्युत्, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवामा पनि सरकारले हड्ताल गर्न प्रतिबन्ध लगाएको छ। सँगसँगै मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्क, ह्यान्ड सेनिटाइजर, भेटेरिनरी, कन्सुलर विभाग तथा राहदानी विभागबाट प्रदान हुने सेवा र पनि हड्ताल गर्न नपाइने राजपत्रमा उल्लेख छ।

    हड्ताल निषेध गरिएका संवेदनशिल २५ क्षेत्रबारेको निर्णय गर्नु अगाडि सरकारले यसबारे सार्वजनिक बहस चलाएको थिएन । गुपचुप रुपमा गरिएको निषेधाज्ञा सम्बन्धि यो निर्णय राजपत्र मार्फत मात्रै आम जनसाधारणले थाहा पाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.