• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

६ लाख ऋण लिएर २१ लाख बुझाए पनि फेरी१७ लाखको तमसुक, चेक बाउन्स मुद्दामा जेल

"६ लाख ऋण लिएर २१ लाख बुझाए पनि फेरी१७ लाखको तमसुक, चेक बाउन्स मुद्दामा जेल  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, साउन ०९, २०८०  

  • आर्थिक लेनदेन मिलाउन तथा घर खर्चका लागि भनेर ६ लाख रुपैयाँ लिएकी दर्जीले २ वर्षमा पटकपटक गरी २१ लाख १० हजार बुझाइसकेकी छन् । तर, साँवा ब्याज कट्टी हुनुको सट्टा पिडित को नाममा १७ लाख रुपैयाँको तमसुक छ ।

    पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जीले २०७४ जेठ ८ गते स्याङ्जा गल्याङ नगरपालिका ७ घर भएका कमल थापासँग ६ लाख ऋण लिइन् ।

    ६ लाख ऋण लिएपछि हामीले २ वर्षमा २१ लाखभन्दा बढी उहाँलाई बुझाइसक्यौं । तर, उहाँले पटकपटक हाम्रो घरमा आएर अनावश्यक टर्चर गर्ने, गाली गर्ने, धम्की दिने, बेइज्जत गर्ने गर्नुहुन्थ्यो’, सीता दर्जीकी छोरी दिप्सा दर्जी भन्छिन्, ‘सावाँको करिब ४ गुणा तिर्दा पनि ऋण चुक्ता भएन ।’

    पैसा बुझाइसकेपछि सीताले चेक माग्दा थापाले चेक हराएको बताएको उनी सुनाउँछिन् ।

    थापाले २१ लाख १० हजार रुपैयाँ लिएको स्वीकार नगरी सीता दर्जीविरुद्ध १७ लाखको चेक बाउन्सको मुद्दा दायर गरे । उनले २०७७ पुस २१ गते जिल्ला अदालत कास्कीमा सीता दर्जीविरुद्ध १७ लाख चेक बाउन्सको मुद्दा दर्ता गराएका थिए ।

    जिल्ला अदालत कास्कीले सीता दर्जीलाई २०७८ असोज १३ गते चेक अनादरमा दोषी ठहर गरेको थियो । उनलाई चेकमा उल्लेखित रकम र सो भरिभराउ हुँदासम्मको ब्याज भराउन जिल्ला अदालतले आदेश दियो । आदेशपछि थापाले अदालतमा उपस्थित हुन नपर्ने बताए । तर, पछि बारम्बार टर्चर दिन थालेपछि सीताले उच्च अदालत पोखरामा पुनरावेदन गरिन् । तर, त्यतिबेलासम्म उनले पुनरावेदन गर्ने पाउने समय घर्किसकेको थियो ।

    अदालतको अवहेलना गरेको भन्दै गत असार २९ गते सीता दर्जीलाई पक्राउ गर्यो । उनी अहिले जिल्ला कारागार कास्कीमा जेल जीवन कटाइराखेकी छन् ।

    चेक बाउन्सको मुद्दामा जेल पुगेपछि छोरी दीप्सा अहिले आमाको न्यायमा भौतारिरहेकी छन् । उनले आमालाई फँसाइएको भन्दै संयुक्त दलित संघर्ष समिति कास्कीमा निवेदन दिएकी छन् ।

    संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सीतालाई फँसाइएकाले थापालाई पक्राउ गर्नुपर्ने माग गरेको छ । सीताले पटकपटक गरी २१ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकेकाले सीता निर्दोष रहेको संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    दुवै पक्षलाई छलफलमा राख्दा सीता पक्ष जवाफदेही र प्रमाण साक्षी ल्याउन तयार भएको तर आरोपित कमल थापा छलफलमा समयमा नआउने गरेको संघर्ष समितिका संयोजक दामबहादुर विकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.