• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यी हुन् विदेश जाने नेपालीले भन्सार नतिरी लैजान पाउने मालसामान


  •    संवाददाता/ सोमबार, साउन ०८, २०८०  

  • हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ। यो स्वाभाविक पनि हो। किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल फर्किँदा सामान ल्याउँछन्। ब्रान्ड र मूल्यका हिसाबले पनि गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने हाम्रो धारणा छ। यो धारणा गलत पनि होइन।

    विदेशबाट फर्किने नेपालीले सामान ल्याएँझैँ नेपालबाट विदेश जाँदा पनि कतिपयले सामान लैजान्छन्। तर तपाईंलाई थाहा नहुन सक्छ कि विदेश जाँदा पनि सामान लैजान पाइन्छ, जसमा भन्सारशुल्क छुट हुन्छ या सरकारले तोकेअनुसार शुल्क तिरेर लैजान्छ सकिन्छ। त्यसोभए विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् ? यसबारे कस्तो प्रावधान छ ? कुन–कुन सामानमा भन्सार छुट हुन्छ ? यहाँबाट थाहा पाउन सक्नुहुनेछ।

    नेपाल राजपत्र भाग–५ मा उल्लेख भएअनुसार नेपालीले लुगाफाटो, बरबिछ्यौना, घर–गृहस्थीका पुराना समाना, औषधिलगायत सामान बिनाभन्सार लैजान पाउँछन्। यसैगरी, पुरुषले सुन २५ ग्राम र महिलाले ५० गमसम्म लैजान पाउँछन्। यसैगरी ५०० ग्रामसम्म चाँदी र एक लाख रुपैयाँबराबरको जवाहिरात जडित सुनचाँदीका गहना लैजान पाउँछन्।

    श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गई लगातार ६ महिनासम्म काम गरी फर्केका श्रमिकले दुई थान नयाँ मोबाइल ल्याउँदा भन्सारशुल्क तिर्नुनपर्ने प्रावधान छ । यही प्रावधान श्रमिकले लैजाँदा पनि लागू हुन्छ ।

    ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा र मोबाइल फोन एक–एक थान लैजाँदा कुनै भन्सार लाग्दैन। यसका साथै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान जस्तै, डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायक तथा संगीतकारले गितार, हार्मोनियम तबलजस्ता वाद्यवादन सामग्री लैजाँदा भन्सार पूर्णरुपमा छुट हुन्छ।

    सात किलोसम्म खाद्य परिकार र एक लिटर मदिरा पनि भन्सार नतिरीकन लैजान सकिन्छ।

    नेपाली विदेश जाँदा सौगातका रुपमा प्रचलित कानुनबमोजिम निकासी गर्न निषेध गरिएका सामानबाहेक नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालसामान लैजाँदा कुनै महसुल लाग्दैन। तर मूल्य अभिवृद्धि कर लाग्ने सामानमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने सामानमा स्थायी लेखा (प्यान) नम्बर भएको बीजक पेस गरेमा मूल्यको सीमा बन्देज लागू हुँदैन।

    यसैगरी सम्बन्धित वायुसेवाले यात्रुलाई साथमै लैजान दिन निश्चित तौलसम्मको नेपाली बजारमा खरिद गरिएका तर कानुनले निषेध नगरेका जुनसुकै मालसामान लैजान चाहेमा आवश्यक कागजात पेस गरी कानुनअनुसारको शुल्क र महसुल तिरी लैजाउन पाउँछन्। यसरी सामान लैजाँदा अग्रिम भुक्तानीको प्रमाणपत्र या प्रतीतपत्र आवश्यक पर्दैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.