• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुष्माले आत्महत्या गरेकाे नभइ हत्या गरिएको पीडित पक्षको आरोप


  •    संवाददाता/ सोमबार, साउन ०८, २०८०  

  • माेरङकाे विराटनगर महानगरपालिका–१२ की २१ वर्षीया सुष्मा रायको मृत्य रहस्यमय भएकाले आत्महत्या नभई हत्या भएको पीडित पक्षले आरोप लगाएको छ ।

    सुष्माको लास साउन ७ गते घरको खाटमा राखिएको अवस्थामा माइती पक्षलाई खबर दिएपछि सुष्माले झुण्डिएर आत्महत्या गरेको नभई हत्या गरिएको काका सन्तोष रायले बताउनु भयो ।

    २३ वर्षीय पति सुरज शर्माले ०८० साउन ६ गते कुटपिट गरेको भन्दै सुष्मा विराटनगर महानगरपालिका–१२ सैनिकटोल स्थित माइती घरमा आएको र आफूहरूले सम्झाएर घर पठाएको चौविसै घण्टा नबित्दै सुष्माले आत्महत्या गरेको खबर पाएको काका सन्तोष रायले बताउनु भयो ।

    भाजितीको घर साउन ७ गते बिहान २ बजे पुग्दा लासलाई खाटमा राखिएको अवस्थामा फेला परेको काका सन्तोष रायले बताउनु भयो ।

    सुष्माका पति सुरजले पत्नीले झुण्डिएर आत्महत्या गरेको देखेपछि आफूहरूले डोरी काटेर खाटमा लासलाई राखेको बताएपछि आत्महत्या नभई हत्या भएको आरोपमा पीडितको आरोप छ ।

    पीडित पक्षले आरोपित सुरजविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ७ गते मौखिक उजुरी दिएको छ ।

    झुण्डिएको लासको डोरी काटेपछि उपचारका लागि अस्पताल लैजानु पर्नेमा घरमै राखिएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पोखरेलले बताउनु भयो ।

    पीडित पक्षले आरोपितविरूद्ध मौखिक उजुरी दिएको भएपनि शवको पोष्टमार्टम रिपोर्ट र भिसेरा रिपोर्टपछि मात्र कानुनी कारबाही अघि बढाउने डिएसपी पोखरेलले बताउनु भयो ।

    शवको पोष्टमार्टम साउन ७ गते कोशी अस्पताल, विराटनगरमा गरिएको छ ।

    पीडित पक्षले साउन ७ गते शव बुझी विराटनगर महानगरपालिका–१२ स्थित सैनिक टोलमा सद्गत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.