आर्थिक वर्ष २०७५ / ७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै पूर्व वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छन् ।
वडा नं १० का तत्कालीन अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई चार लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुल उपर गरी कैद र जरिवानाको माग दाबी गरिएको छ।
त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीत कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादव विरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगो समेत असुल उपर गर्न मागदाबी गरी आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि चार लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुल उपर गरी सजायको माग दाबी गरिएको छ।
अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले जनकारि दिएको छ। वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो।