• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराकाे माझठानामा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन


  •    संवाददाता/ सोमबार, साउन ०८, २०८०  

  • पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भएको हो । वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो ।

    कृषि उपजको आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भर बनाउनका लागि उत्पादन वृद्धि आवश्यक रहेको प्रमुख आचार्यले बताउनुभयो । महानगरका ग्रामीण क्षेत्रहरू उत्पादनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भएकाले स्वस्थ उत्पादनमा उहाँले जोड दिनुभयो । महानगरपालिका कृषकहरूको साथमा रहेको उहाँले विश्वास समेत दिलाउनुभयो ।
    पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस क्षेत्रमा भइरहेको उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषकहरूलाई उत्पादनसँग जोडिन उहाँले आह्वान समेत गर्नुभयो ।

    पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषि उपजको बजार सुनिश्चितता सहित उपभोक्ताहरूलाई स्वस्थ तरकारी खुवाउने आफूहरूको लक्ष्य रहेको बताउनुभयो । सङ्कलन केन्द्रहरूको प्रभावकारिता ती केन्द्रहरू मार्फत बजारमा पुग्ने स्वस्थ उत्पादनसँग जोडिने उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा सङ्कलन भएको कृषि उपज महानगरद्वारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत बजार पुर्‍याउने व्यवस्था मिलाइनेछ । सो क्रममा कृषि औजार समेत प्रदान गरिएको छ ।

    हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन् भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.