सिमकोट गाउँपालिका–७ स्थित प्रेम बालबिकास विद्यालयको भवन जीर्ण भएपछि वैशाख देखि विद्यालय बन्द छ । वैशाखदेखि लगातार परेको वर्षाले भवन जीर्ण भएपछि पाम्लाथुंग गाउँका १२ जना बालविकासमा भर्ना भएका बालबालिकाहरूको पठनपाठनबाट बञ्चित भएको शिक्षक पार्वती मल्लले बताउनु भयो
विद्यालय भवन जीर्ण भएपछि कक्षा कोठाको समस्या सँगै पानी र शौचालय समेत व्यवस्था नभएकाले बालबालिकाहरु पनि विद्यालय आउन छोडेको उहाँको भनाइ छ । विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको विद्यालयमा जीर्ण भवन मर्मत र जग्गाको विषयमा समेत स्थानीयबिच विवाद हुँदा विद्यायल सञ्चालन नभएपछि बालबालिकाहरुले पढ्नबाट बञ्चित भएको स्थानीय नवराज शाहीले बताउनु भयो ।
‘बालविकास भवन रहेको जग्गा धनी प्रेम शाहीले सो जग्गा निशुल्क रुपमा विद्यालयका लागि चन्दा दान भएको भनेर आश्वासन दिए पनि हाल जग्गाको मुल्य तिर्नु पर्ने दावी गरेपछि विवाद भएको उहाँले बताउनु भयो । सो विषयमा बालविकास व्यवस्थापनका अध्यक्ष प्रेम शाहीलाई बुझ्दा उहाँले भन्नु भयो आफ्नो निजि जग्गा भएकोले पहिले आफ्नो जग्गाको रकम दिनु पर्नेे प्रतिक्रिया दिनु भयो ।







