स्वास्थ तथा प्रविधि मञ्चको प्रदेश भेलाको अध्यक्षमा खड्का
"स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चको प्रदेश भेलाले दिनेशबाबु खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । "
अभियान हाम्रो डट कम /
आइतबार, साउन ०७, २०८०
अजय क्षेत्री
स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चको प्रदेश भेलाले दिनेशबाबु खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्षमा दिनेश जिसी, सचिव चन्द्रकान्त पौडेल र कोषाध्यक्ष युवराज आचार्य छन् ।
मञ्चका सदस्यमा सुनील घिमिरे, हरि खड्का, प्रतीकमान श्रेष्ठ, गीता काफ्ले, राम पौडेल र मदनकुमार रञ्जित छन् । यस्तै, सल्लाहकारमा अमर गुरुङ, अशोक पालिखे, कपिल पोखरेल, डा भोजराज न्यौपाने, टंक अधिकारी, राजीव पहारी र डा जगतबहादुर खड्का चयन भए नवनिर्वाचित अध्यक्ष खडकाले प्राविधिक शिक्षालय को गुणस्तर को लागी आफु लागी पर्ने , र शिक्षालय र CTEVT बिच समन्वयकारी भुमिका खेल्ने प्रतिबद्दता जनाएका छन