• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बालबालिकाहरुको उत्कृष्ट प्रतिभाको प्लाटफर्म पहिचान स्थापित


  •    अभियान हाम्रो डट कम / शनिबार, साउन ०६, २०८०  

  • बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ स्टारको नवौं संस्करणको अडिसन व्यास–४ स्थित दमौली कलेजको प्रांगणमा हुने आयोजकले जानकारी दिएको छ ।

    शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले व्यास नगर साइनिङ स्टारको नवौं संस्करणका बारेमा जानकारी गराएको हो । यस कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले जानकारी दिए । यसअघि नगर क्षेत्रका ९–१४ बर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखि १०–१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराइने उनले बताए ।
    अडिसनबाट छनोट हुने २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषणा उनले बताए ।

    व्यास नगर साइनिङ स्टार २०२२को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार, २३ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ । १० विधामा उत्कृष्ट हुनेलाई जनही रु २ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मूल संयोजक नागिलाले बताए ।

    व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकाले यसले समाजलाई महत्वपूर्ण योगदान पुगेको पूर्व अध्यक्ष एकप्रसाद श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउदै बालबालिकालाई टिकट बिक्री गर्न प्रेसर नगर्ने उनको भनाइ थियो । उनले भने ‘विद्यालय समय प्रभावित नहुने गरि पढाइको अतिरिक्त हामीले बालबालिकाको जीवन सफल र सार्थक बनाउन विभिन्न जीवनपयोगी सीप प्रदान गर्ने गर्छौं ।’

    बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.