• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल


  •    संवाददाता/ शनिबार, साउन ०६, २०८०  

  • विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज यस अघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ ।

    पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दीनेश आचार्यले जानकारी दिनुभयो । बोटबिरुवा रोपिने तर त्यसको संरक्षण नहुने गरेको अवस्थालाई दृष्टिगत गर्दै विपी स्मृति दिवसका अवसरमा गोडमेल कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले विपीका विचार बर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै काँग्रेसले उहाँको चिन्तनलाई आत्मसात गरी जनता माझ जान सक्नुपर्ने बताउनुभयो । पार्टीका हरेक गतिविधि उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला(मधु)ले काँग्रेसको विकल्प खोज्दा राष्ट्रियता, लोकतन्त्र नै गुम्ने खतरा हुने बताउँदै काँग्रेसको नभै काँग्रेस भित्र विकल्प खोज्न सकिने धारणा राख्नुभयो । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले काँग्रेस परिचालन हुँदा समुदाय नै परिचालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । महासमिति सदस्य देवराज चालिसेले बिरुवाको गोडमेल भए जस्तै समय समपेक्ष विपी विचारको गोडमेल गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुली, वडा नं ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी, उमा ठकुरी लगायतले विपी विचारलाई आत्मसात गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उक्त अवसरमा पूर्व महामन्त्री शशांक कोइरालाले बृक्षारोपण गरिएको स्थललाई विपी बनबाटिका घोषणा गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.