• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेवाः पत्रकार पुचः कास्कीको अधिवेशन सम्पन्न


  •    संवाददाता/ शनिबार, साउन ०६, २०८०  

  • नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

    नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् । उनि सिटी वाट टेलिभिजनमा कार्यरत रहेकी छन् । त्यसैगरी उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ र सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमया रहेका छन्। उनिहरुलाई भेलाले सर्वसम्मत चयन गरेको हो ।

    नवनिर्वाचित अध्यक्ष अनिशा श्रेष्ठले कार्यक्रममा बोल्दै आफुले बोलेर भन्दापनि काम गरेर देखाउने बताउँदै, टिम राम्रो भएको हुँदा नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार मुल उदेश्य राखेर काम गर्ने बताएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि तथा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरुको संस्कृति र परम्परालाई संरक्षणको लागि विशेष योगदान दिएको बताएका थिए । उनले केही नेवारहरुले आफ्नो संस्कार र संस्कृतिलाई राम्रोसँग अध्ययन नगरी काम गर्दा लोप हुन सक्ने सम्भावना देखिएकोले संरक्षणको लागि छिट्टै कार्ययोजना सहित काम गर्न लागिएको उनले बताए ।

    नेवार संस्कृति जोगाउन पछिल्लो समय युवा युवतिहरु नै अत्याधिक उत्सुक समेत देखिएको बताउँदै खुसी व्यक्त गरेका थिए । उनले नेवारहरुले देखाउँदै आएको तायः मचा, लाखे नाच लगायतका प्रतियोगितालाई निरन्तरता दिन करिब १० लाख पुरस्कार राशी रहेको कार्यक्रममा जानकारी गराए । नेवाः पत्रकार पुचः का सल्लाहकार दीपेन्द्र श्रेष्ठले उक्त कार्यक्रममा बोल्दै नेवारहरु सँग जोडिएका भाषा, संस्कृति, परम्पराहरु लोप हुँदै गएको र त्यसलाई संरक्षण र सम्वद्र्धनको लागि मसिनो गरी केलाउन र खोज्न नेवाः पत्रकार आवश्यक भएको हुँदा बताएका थिए। उनले स्थापनाको मुल उदेश्यमााथि समेत प्रकाश पारेका थिए ।

    उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकीका महसचिव गोविन्द सुवेदी, नेवाःल्याम्ह पुचः कास्कीको अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्कीको अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दिल गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उक्त अधिवेशनको प्रथम सत्र नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव अनिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.