• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कहाँ ‘गायब’ भए चिनियाँ विदेशमन्त्री गाङ?


  •    संवाददाता/ शुक्रबार, साउन ०५, २०८०  

  • स्पष्टवक्तासमेत रहेका चिनियाँ विदेशीमन्त्री किन गाङ तीन हप्तायता देखिएका छैनन्। उनको अनुपस्थितिलाई ‘गायब’ भएको अनुमान गरिएको छ।

    गाङ अनुभवी र तीव्र गतिमा उदाइरहेका चिनियाँ कूटनीतिज्ञ हुन्। उनले सन् २०२१ मा डेढ वर्षका लागि अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा पनि काम गरिसकेका छन्। गत गर्ष डिसेम्बरमा चीनको विदेशमन्त्रीसमेत बनेका गाङलाई चीनको केन्द्र सरकारको तेस्रो उच्च पदसमेत प्रदान गरेको थियो।

    गाङ बेपत्ता भएको बारे विदेश मन्त्रालयका अधिकारीले हप्तादिन अगाडि सम्बोधन गर्दै स्वास्थ्यका कारणरले दक्षिण–पूर्वी एसियाली देशका विदेशमन्त्रीहरूको बैठकमा भाग नलिने बताए। यसबाहेक थप जानकारी मन्त्रालयले दिएको छैन। जसले गर्दा गाङ कोभिड संक्रमित भएको हुन सक्ने अड्कल काटिएको छ। तर कोभिडबाट रिकभर हुन लाग्ने समयभन्दा बढी उनी बेपत्ता भएका छन्। यसले थप आशंका जन्माएको छ।

    दैनिक समाचार ब्रिफिङमा विदेशीमन्त्री गाङबारे प्रश्न उठेपछि मन्त्रालयका प्रवक्ताले आफूसँग कुनै जानकारी नभएको बताएका छन्। यस्तै उनले चीनमा कूटनीतिक गतिविधि सधैंझैं चलिरहेको बताए।

    बिहीबारसम्म गाङ सार्वजनिक रूपमा नदेखिएको २५ दिन पुगेको छ। अन्तिमपटक उनी जुन २५ मा भियतनाम, श्रीलंका र रुसका कूटनीतिज्ञलाई भेट्दा देखिएका थिए। त्यसपछि विदेशमन्त्री गाङ अमेरिकी अर्थमन्त्री जेनेट येलेन र जलवायुदूत जोन केरीलगायतका थुप्रै उच्चस्तरीय भेटघाटमा देखिएका छैनन्। यस्तै विदेशमन्त्री गाङले जुलाई महिनाको सुरुवातमा युरोपियन युनियनको विदेशी नीति प्रमुख जोसेप बोरेलसँग भेटघाट तय भएको थियो। तर अचानक चीनले उक्त भेटघाट रद्द गरिदियो।

    ‘चीनको कूटनीतिमा गाङको भूमिकाको महत्वलाई हेर्दा उनी गायब हुनु बेइजिङका लागि असामान्य र समस्याग्रस्त हो,’ नेसनल युनिभर्सिटी सिंगापुरका अल्फ्रेड वूको भनाइ छ, ‘किनकि यो चिनियाँ कूटनैतिक गतिविधिअन्तर्गत आउँछ।’

    वूले गाङको ठोस जानकारीबारे अस्पष्ट हुनु कम्युनिस्ट पार्टी शासित सरकार प्रणालीको प्रमुख संरचनात्मक मुद्दालाई यसको सूचना शून्यता सिर्जना गर्ने प्रवृत्तिलाई प्रतिबिम्बित गर्ने बताएका छन्।

    यसैगरी गाङ गायब हुनु पहिल्यैदेखि तनावग्रस्त चीन–अमेरिका सम्बन्धका लागि शुभसंकेत नभएको विशेषज्ञहरूको भनाइ छ।

    दोस्रो ठूलो अर्थतन्त्र चीनले अपेक्षाकृत रूपमा कम आर्थिक सुधारको समस्या झेलिरहेको छ। साथै कोभिड महामारीका नियम फुकुवा गरेपछि लगानी भित्र्याउने कोसिस पनि गरेको छ। यस्तो बेला अचानक चिनियाँ अधिकारी गायब हुनुले अन्तर्राष्ट्रिय विश्वास प्राप्तिमा अवरोध उत्पन्न हुने वूको भनाइ छ।

    वूका अनुसार यो व्यापार अनुकूल माहोललाई बढावा दिने चीनको छविविपरीत हो। व्यावसायिक क्षेत्र पारदर्शिता, विधिको शासन या अन्य कठोर संरचनात्मक प्रणाली चाहन्छ।

    चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि उच्च अधिकारीको व्यक्तिगत जीवन र शारीरिक स्वास्थ्यस्थितिबारे कडा निगरानी राख्दै आएको छ। उदाहरणका रूपमा राष्ट्रपति सी जिनपिङलाई नै लिन सकिन्छ। उनले खोप लगाएको खबर गत वर्ष जुलाईमा मात्र सार्वजनिक गरिएको थियो। यो खबर सार्वजनिक भएसँगै शीर्ष नेतृत्वले घरमै बनेको भ्याक्सिन (खोप) लगाउँछन् भने आमधारणा चिरेको थियो।

    चीनमा उच्च र क्षेत्रीय अधिकारी अचानक सार्वजनिक रूपमा गायब हुनु कुनै आश्चर्यको विषय रहेन। सीको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत यो नियम सामान्यजस्तै बनिसकेको छ। भ्रष्टाचारविरोधी अभियानमा पार्टीकै केही शक्तिशाली व्यक्तिसमेत परिसकेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.