• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निःसन्तान दम्पतीलाई वरदान बनेको प्रसूतिगृह


  •    संवाददाता/ बिहिबार, साउन ०४, २०८०  

  • स्वस्थ जीवनशैली तथा विभिन्न कारणले नेपालमा निःसन्तानपनको समस्या बढ्दै गएको छ। यही समस्याका कारण कतिपय महिलाले सामाजिक अन्धविश्वासको सिकार बनी अकालमा ज्यान गुमाएका छन्।

    विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार संसारभरमा १७.५ प्रतिशत महिला निःसन्तानसम्बन्धी समस्याले ग्रसित छन् भने नेपालका आठ जिल्लाका ७.५ प्रतिशत महिला निःसन्तान तथा बाँझोपनको समस्याले पीडित छन्।

    नेपाल सरकारको अधीनमा रहेको परोपकारी प्रसुति तथा स्त्री रोग अस्पतालले निःसन्तापनसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। प्रसूति गृहले चिनिने यो अस्पतालमा २४ सै घण्टा निःशुल्क डेलिभरी सेवा उपलब्ध छ। धनी मानिसको मात्र पहुँचमा रहेको टेस्ट ट्युब बेबी सेवा प्रसूति गृहले साधारण व्यक्तिको पहुँचमा पनि पुर्‍याएको छ।

    अस्पतालका सूचना अधिकारी रानु थापाका अनुसार बिहान ९ बजेदेखि ३ बजेसम्म ओपिडि सेवा सञ्चालन हुँदै आइरहेको प्रसूति गृहमा दैनिक आठ सय देखि एक हजारसम्म बिरामी उपचारका लागि आउँछन्। जसमा तीन सयदेखि चार सयको संख्यामा गर्भवती महिला हुन्छन्। गाइनो तथा पाठेघरसम्बन्धी समस्या भएका बिरामी दुई सयदेखि तीन सय जना हुने थापा बताउनुहुन्छ। ‘पाठेघरमा क्यान्सर भएका, बच्चाको ओपिडी, फिजिसियनसम्बन्धी ओपिडी र निःसन्तानसम्बन्धी समस्या भएका बिरामी गरी एक हजारलाई सेवा दिँदै आइरहेका छौँ,’ थापाले जानकारी दिनुभयो।

    ‘अस्पतालमा टाढाबाट आएका बिरामीलाई सहज वातावरण बनाउन ३ बजेदेखि ५ बजेसम्मका लागि इएचएस, एक्सटेन्डेड हेल्थ सर्भिस सेवा पनि सञ्चालन गरिएको छ । यस्तै बिरामीको आवश्यकताअनुसार सबै जाँच तथा परीक्षण ३ देखि ५ बजेसम्म गरिन्छ,’ थापा भन्नुहुन्छ, ‘प्रसूति गृहमा चार सय ८९ बेड छन्। गर्भवती महिला, गाइनोसम्बन्धी, गरिब विपन्न, असहाय बिरामीका लागि निःशुल्क शय्या पनि छन्। आमा सुरक्षाका गर्भवती महिलाका लागि सरकारले छुट्याएको रकम पनि दिँदै आइरहेका छौँ।’

    अस्पतालमा दैनिक ७० देखि ८० जनाको डेलिभरी हुन्छ। त्यसमा ३० देखि ३५ प्रतिशत सिजरिङ सेक्सनबाट हुने अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो। ‘दिनमा ८० जनाको डेलिभरी भएमा २४ जनाको सिजरिङ गरिन्छ,’ निर्देशक डा. अधिकारीले भन्नुभयो, ‘अस्पतालमा साधारण सेवाबाहेक विशिष्ट सेवाअन्तर्गत आइभिआई सेवा र आइभिएफ सेवा पनि उपलब्ध छ।’

    डा. अधिकारीका अनुसार अस्पतालमा आइभिएफ सेवा २०६८ सालदेखि सुरु भएको हो, जुन २०७२ सालसम्म चल्यो। त्यसपछि भूकम्पका कारण संरचना बिग्रिएर रोकिएको सेवा अस्पतालको पहलमा २०६८ सालदेखि सुरु भएको हो। ‘डेढ वर्षमा पाँच ब्याजबाट ५० जनालाई आइभिएफ सेवा प्रदान गर्यौं,’ डा. अधिकारीले भन्नुभयो, ‘५० जना बिरामीलाई सो सेवा दिँदा २० प्रतिशत सक्सेस रेट छ। अन्तर्राष्ट्रिय रूपमा ३० देखि ३५ प्रतिशत सक्सेस रेट हुन्छ।’

    प्रसूति गृहमा निःसन्तानपनका बिरामी दैनिक ७० देखि ८० जना आउने गरेको डा. अधिकारीको भनाइ छ। जसमा ७० प्रतिशत बिरामी अर्थात् ५० जना बिरामीको सामान्य उपचार पद्धतिबाट सन्तान जन्मन्छ। बिरामीलाई दैनिक दिइने खानपान, शारीरिक व्यायाम, मोटोपन घटाउने, चुरोट–बिँडी जाँडरक्सी तथा जङ फुडको नियन्त्रण तथा दैनिकको जीवनशैलीलाई हेरफेर गरी सामान्य औषधि प्रयोगमार्फत पनि गर्भ बस्ने डा. अधिकारीको भनाइ छ। कतिपय अवस्थाका जोडीलाई शारीरिक सम्बन्ध राख्ने समय, विधि थाहा नहुँदा पनि काउन्सेलिङ गरेर पठाउँदा बच्चा जन्मने गरेको छ अधिकारी बताउनुहुन्छ।

    तर बाँकी २० प्रतिशत महिलालाई अलिक फरक उपचार आइयुआई अर्थात् श्रीमान्‌को शुक्रकिट राम्रो नभएको अवस्थामा वा महिलाको पाठेघरमा समस्या भएको अवस्थामा यो विधि अपनाइन्छ। श्रीमान्‌को शुक्रकिटलाई ल्याबमा सफा गरेर त्यसलाई स्वस्थ बनाई महिलाको पाठेघरमा राखिन्छ। यो सेवा सस्तो सेवा हो। ६ हजार रुपैयाँमा दुईपटकसम्म यो काम गर्न सकिन्छ। ‘यदि आर्थिक अवस्था कमजोर भएमा सम्बन्धित डाक्टरले सिफरिस गरीदिए निःशुल्क पनि गरिन्छ,’ अधिकारी भन्नुहुन्छ।

    यो अस्पतालमा ९० प्रतिशत बिरामी महिलाको उपचार सामान्य औषधि तथा आइयुआईबाट गरिन्छ। यस्तै १० प्रतिशत बिरामी महिलाका लागि आइभिएफ सेवा नै चाहिन्छ। रानुका अनुसार आइभिएफ सेवा महँगो सेवा हो। यसका लागि कम्तीमा पनि महिनावारी भएको १५ दिनदेखि एक महिनासम्म नियमित इन्जेक्सन लगााउनुपर्छ। प्रतिइन्जेक्सन सात हजारसम्म पर्छ।

    ‘महिलाको उमेर जति बढी भयो या अन्डाको क्यापासिटी जति नराम्रो छ त्यति इन्जेक्सनको डोज बढी दिनुपर्ने हुन्छ। यसो गर्दा कस्ट पनि बढ्दै जान्छ,’ डा.अधिकारी भन्नुहुन्छ, ‘दैनिक बिरामीलाई सुई किनेर लगाउनुभन्दा प्याकेजमै औषधि र जाँचसहित दुई लाख लिने निर्णय गरेको छौँ।’

    यस अस्पतालमा वीर अस्पतालअन्तर्गतका ऐकेडेमिक कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्। जसअन्तर्गत पिसाब चुहिने, निःसन्तान तथा पाठेघरको क्यान्सरसम्बन्धी बिरामीका लागि फेलोसिप कार्यक्रम सञ्चालनसमेत गरिएको थापा बताउनुहुन्छ।

    ‘बाँझोपनकै कारण कतिपय महिला सामाजिक तिरस्कार, घरेलु हिंसा, विभिन्न यातना आदि सहन बाध्य छन्,’ डा. अधिकारीले भन्नुभयो, ‘कति त डिप्रेसनमा समेत जान्छन्। निःसन्तान हुनुपर्दा आफूलाई दोषी मानेर ज्यानै समेत फाल्छन्। तर सरकारी अस्पतालमा टेस्ट ट्युब बेबी सेवाले राहत दिन थालेको छ।’

    आइभिएफ सेवाबाट जन्मिन लाग्ने समय र यसरी जन्मिएका बच्चा सामान्य तरिकाले जन्मिएकाभन्दा कति फरक हुन्छन् भन्ने प्रश्नमा डा. अधिकारी भन्नुहुन्छ, ‘आइभिएफ सुरु गरेको ९ महिनादेखि एक वर्षभित्रमा बच्चा जन्मिन्छ। यसरी जन्मिएका बच्चा नेचुरल प्रेग्नेन्सिमा जन्मिने हुनाले भ्रूणमा कुनै समस्या हुँदैन। आइभिएफ गरेको र सामान्य तरिकारले गर्भमा रहेर जन्मेका बच्चामा हुने शारीरीक तथा मानसिक विकास समानान्तर पाइन्छ।’

    के टेस्ट ट्युब बेबीको डेलिभरी नेचुरल गराइन्छ ?

    टेस्ट ट्युब बेबीको डेलिभरी सिजरिङमार्फत हुन्छ। सुरक्षाका लागि पनि यस्तो गरिन्छ। जन्मने क्रममा बच्चा तथा आमालाई धेरै कठिन् नहोस् भनेर सिजरिङ गर्ने गरेको डा. अधिकारी बताउनुहुन्छ।

    अधिकारीका अनुसार विगत डेढ वर्षमा पचास जना महिलाले यो सेवा लिनुभएको छ। ५० जनामध्ये १२ जनाको सफल भएको छ।

    टेस्ट ट्युब बेबीका प्रोसेस

    आइभिएफ ल्याबमा इम्रोलोजी ल्याबबाट ल्यामिनर फ्लो मेसिनमा महिला तथा पुरुषको अन्डालाई सेपेरेट गरी टेम्प्रेचर मेन्टेन गरेर राखिन्छ। फर्टिलाईजेसन गराउन शुक्रकीटलाई इन्क्युभेटरमा ३७ डिग्री टेम्पे्रचरमा राखिन्छ। आमाको पेटमा हुने तापक्रमअनुसार ४८ देखि ७२ घण्टासम्म राखिने डा. अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार इन्क्युभेटरमा राखेको शुक्रकीटको विकास हेरी ग्रोथ राम्ररी भएको छ भने तीन दिनमा महिलाको पाठेघरमा ट्रान्सफर गरिन्छ। ‘तयारी अवस्थामा महिलाको अन्डा बन्ने औषधि दिएर महिलालाई बेहोस बनाई अन्डा निकालेर फर्टिलाइजेसन गराई आमाको पाठेघरमा राख्छौँ,’ डा. अधिकारीको भनाइ छ, ‘आइभिएफ ल्याब किटाणुरहित हुनुपर्छ।’

    यसैगरी प्रसूति गृहका वरिष्ठ डाक्टर अतीत पौडेलका अनुसार ल्याप्रोस्कोपिक सर्जरी तीन वर्षदेखि प्रसूति गृहमा हुँदै आएको छ। ‘पहिला उक्त सर्जरी गर्न भारत पुग्नुपर्थ्यो। तर अहिले नेपालमै गर्न पाउँदा खुसी लागेको छ,’ डा. पौडेलले सुनाउनुभयो।

    यो सर्जरी विश्वमा गाइनोक्लोजिसले बन्ध्याकरणका लागि सुरु गरेको पनि बताउनुभयो।

    प्रसूति गृहमा ५–७ वर्षदेखि ल्याप्रोस्कोपिक सर्जरी भए पनि सामान र दक्ष जनशक्तिको अभावले राम्रोसँग सञ्चालनमा थिएन। विगत तीन वर्षदेखि नियमित सर्जरी हुँदै आएको छ। यो सर्जरी गर्भवती महिलाबाहेकलाई दुर्बिनबाट गर्न मिल्छ।

    पाठेघरभित्र मासु पलाएको, पित्तथैली निकाल्नु परेमा, पाठेघरको क्यान्सर र पाठेघरमा जन्मजात भएका समस्या ल्याप्रोस्कोपिकबाट निवारण हुने डा. पौडेलले जानकारी दिनुभयो। ‘पहिले चिरेर गर्नुपर्ने सर्जरी अहिले दुर्बिनबाट हुन्छ। हामीले तीन वर्षमा ३२ सय वटा सर्जरी गर्यौँ,’ पौडेलले सुनाउनुभयो।

    दुर्बिनबाट अप्रेसन कसलाई गर्न सकिन्छ ?

    डा. पौडेलका अनुसार महिनावारी सुरु नभएका ११ वर्षदेखि महिनावारी रोकिएका ७० वर्षसम्मका महिलाको अप्रेसन दुर्बिनबाट गर्न सकिन्छ। यसको माध्यमबाट अन्डाशय, पाठेघर र गल्यान्डर झिक्दा छिटो रिकभरी हुन्छ।

    ‘दुर्बिनबाट अप्रेसन गर्दा पाठेघर झिक्यो कि झिकेन ? झिक्दैन्न भन्ने जनमाझमा गलत सन्देश गइरहेको छ। दुर्बिनबाट गरिएका हरेक गतिविधि रेकर्ड गरिएको हुन्छ। बिरामी तथा उहाँको नजिकको मान्छेले हेर्न चाहेमा हामी देखाउँछौँ पनि। यो एकदमै सुरक्षित र भरपर्दो हुन्छ,’ डा. पौडेलले सुनाउनुभयो।

    दुर्बिनको सहायताले अप्रेसन गर्दा बिरामी अस्पताल कम बस्नुपर्ने, दुखाइ पनि कम हुने र सामान्य सर्जर पाँच हजार र जटिल सर्जरी २५ हजारभित्रमा गरिने डा. पौडेललको भनाइ छ। ‘कार्बनडाइअक्साइड ग्याँस, क्यामरा एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन,’ उहाँ भन्नुहुन्छ, ‘सर्भिस औजार ५–७ पटक प्रयोग गरेपछि रिप्लेस गरिन्छ। त्यसले गर्दा कम्प्लेक्स सर्जरी अलिक महँगो पर्न जान्छ।’

    साथै जन्मजात योनीको छेद नभएको, योनी नबनेको, पाठेघर नबनेको महिलाका लागि पनि प्रसूति गृहले विशेष सेवा उपलब्ध गराउँदै आएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.