जल तथा मौसम विज्ञान विभागका अनुसार केही भू–भागमा विहानैबाट वर्षा भइरहेको छ ।
आज बिहान सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
विभागले हावाहुरी, वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।