• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रचण्डद्वारा बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन


  •    संवाददाता/ बुधबार, साउन ०३, २०८०  

  • गोरखाको गण्डकी गाउँपालिका- ८ सिउरेनीटारमा आज (बुधबार ) आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । उनले ताम्रपत्र अनावरण गरेर  बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन ।

    प्रधानमन्त्री दाहाल लगायत उच्च अधिकारीले हेलिकोप्टर मार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायतका छन् ।

    कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँ स्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ ।सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । 
     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.