काठमाडौं स्थित सिनामंगलको पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
काठमाडौं स्थित सिनामंगलमा शंकास्पद वस्तु फेला परेको हो ।शंकास्पद वस्तु भेटिएको ठाउँ नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पोस्टर पनि भेटिएको छ । काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने बताए छ ।