• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

८८ अर्ब लगानी गर्दै फक्सकन, १४ हजारले रोजगार पाउने


  •    संवाददाता/ बुधबार, साउन ०३, २०८०  

  • ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनले भारतको कर्नाटमा लगानी गर्ने भएको छ। कर्नाटक सरकारसँग मिलेर फक्सकनले ८८ अर्ब भारु लगानी गर्न लागेको कर्नाटकको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

    फक्सकन इन्डस्ट्रियल इन्टरनेटको प्रस्तावअनुसार लगानीका लागि सय एकड जमिन आवश्यक पर्छ। जमिन उपलब्ध भएपछि १४ हजार जनाले रोजगार पाउने छन्। रिपोर्टअनुसार लगानीकर्ता फक्सकनको सहायक कम्पनीका प्रतिनिधिले तुमकुरुमा रहेको जापानिज इन्डस्ट्रियल टाउनसिपको भ्रमण पनि गरेको बताइएको छ।

    फक्सकन र उसको सहायक कम्पनीका तर्फबाट दिइएको यो दोस्रो लगानी प्रस्ताव (इन्भेस्टमेन्ट प्रपोजल) हो। कम्पनीले यही वर्ष मार्चमा फोन म्यानुफ्याक्चरिङ प्लान्ट बनाउनका लागि बैंगलोर एयरपोर्टनजिक इन्फर्मेसन टेक्नोलोजी रिजन (सूचना प्रविधि क्षेत्र) चयन गरेको छ। कम्पनीले सो क्षेत्रमा ८० अर्ब भारु लगानी गर्नेछ। सन् २०२४ देखि उत्पादन युनिट सुरु हुने बताइएको छ।

    फक्सकनले हालसालै मात्र वेन्दाता ग्रुपसँग गुजरातमा सेमिकन्डक्टर म्यानुफ्याचरिङ प्लान्ट लगाउन सम्झौता गरेको थियो। तर वेदान्ताले चिप्स उत्पादन गर्न चाहिने प्रविधि नपाउँदा सम्झौता ढिला हुँदै गइरहेको थियो। यही कारणले १९ अर्ब ५० अर्ब डलरको फक्सन–वेदान्ता सम्झौता भंग भएको थियो।

    कर्नाटक राज्य सरकारका अनुसार फक्सकन इन्डस्ट्रियल इन्टरनेटका प्रमुख कार्यकारी अधिकारी (सिइओ) ब्रान्ड चेङ र उनको प्रतिनिधिमण्डलले थप एक सप्लिमेन्ट्री प्लान्ट बनाउनेबारे चर्चा भएको बताइएको छ। कम्पनीले फोनका लागि आवश्यक पर्ने मेकानिकल कम्पोनेन्ट तथा स्क्रिन र आउटर कभर उत्पादन गर्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.