मेष— भेटघाट र रमाइलोमा समय बित्नेछ । बोलीचालीमा मिठास आउनेछ । पढाइलेखाइमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
वृष— व्यापार व्यवसायबाट लाभ मिल्नेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ । साथीभाइको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।
मिथुन— शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ । बोलेको काममा सफलता मिल्नेछ । गरेको कामको उचित मूल्यांकन हुनेछ ।
कर्कट— जागिरमा पदोन्नति हुने समय छ । बौद्धिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ ।
सिंह — धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
कन्या— धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । तपाईंको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन् ।
तुला— अरुले विश्वास गर्नेछन् । केही गरिहाल्नुपर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन् ।
वृश्चिक— सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
धनु— सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । कलात्मक क्षेत्रमा राम्रो छ ।
मकर— अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भाग्य बलियो रहनेछ । परोपकारी काममा रुचि बढ्नेछ । मन उत्साहित हुनेछ ।
कुम्भ— नोकरीमा उतार चढाव आउनेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । जग्गा जमिनको कामबाट लाभ मिल्नेछ ।
मीन— अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका कामहरु सुचारु हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिनेछ ।