थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका परराष्ट्र एवं विदेशमन्त्रीहरु बीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको हो । बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका थिए ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास सदस्य मुलुकका परराष्ट्र मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ ।
उनी आइतबार दिउँसो साढे १ बजे थाइ स्माइल एयरवेजको जहाजबाट बैंकक पुगेका थिए । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच साइडलाइन वार्ता हुने कार्यक्रम पनि तय भएको छ । अघि बंगलादेशमा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनीहरूबीच पहिलो अनौपचारिक भेट भएको थियो । जयशंकरसँग उनको दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो । यस परराष्ट्रमन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ ।