• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा महानगरको वडा नं ७ मा सार्वजनिक सुनुवाई


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • पोेखरा महानगरपालिका वडा नं ७ मा आर्थिक वर्ष २०७९–०८० का लागि अघि सारिएका योजना समयमै सम्पन्न भएको बताइएको छ ।

    वडाभित्र सञ्चालन गरिएका भौतिक संरचनाको निर्माण र वडा कार्यालयले प्रदान गरेको सेवाबारे जानकारी दिन विहीबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । वडा कार्यालय रत्नचोकमा आयोजित सुनुवाई कार्यक्रममा वडा अध्यक्ष राममोहन आचार्यले १ करोड ७३ लाख रुपैयाँको बजेट सीमाभित्र रहेर विभिन्न विकास निर्माण कार्य पूरा गरेको जानकारी दिनुभएको छ । वडामा चौतारीको संरक्षण तथा संवद्र्धन गरिएको, सडक विस्तार गरी स्तरोन्नति गरिएको,खानेपानी,फोहर व्यवस्थापन, बिजुली बत्ती,स्वास्थ्य, शिक्षा,कृषि,सुरक्षा लगायतका क्षेत्रमा वडाले आवश्यक सुधार गरेको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

    वडामा नयाँ जनप्रतिनिधि चुनिएर आएपछि सेवा प्रवाहमा पनि सुधार गरिएको उहाँको भनाइ छ । सार्वजनिक सुनुवाइमा २५ जना वडावासीले विभिन्न जिज्ञासा राखी सुझावसमेत दिएका थिए । वडावासीले असार अगावै विकास निर्माणका कामको थालनी गरी स्तरीय कार्य गर्न, छिमेकी वडासँग समन्वय गरी भौतिक निर्माण गर्न,वास्तविक कृषकलाई अनुदान दिन,बालबालिकाका लागि खेलमैदानको संरक्षण गर्न सुझाव दिएका थिए । वडाले दिने सेवा सुविधासम्बन्धी कार्य समयमै हुनुपर्ने भन्दै प्राविधिकहरुलाई जनमुखी र सेवामुखी हुनसमेत आग्रह गरिएको थियो ।

    वडावासीले उठाएका विभिन्न सवालमा अध्यक्ष आचार्य र वडा सचिव राजेन्द्र पौडेलले जवाफ दिनुभएको थियो । कार्यक्रममा वडा सदस्य वसुन्धरा लामिछाने,सुनीता सुनार,अर्जुनबहादुर भुजेल(थापा),विष्ष्णुमणि बरालका साथै विभिन्न दलका पदाधिकारी,स्थानीय संघ संस्थाका प्रतिनिधि,शिक्षक,समाजसेवी,व्यापारी बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

    त्यस अवसरमा सार्वजनिक सुनुवाई कार्यक्रमको मिडिया पार्टनर रहेको न्यूज नेपाल टेलिभिजन र वडा कार्यालयको सहकार्यमा वडाले गरेका प्रगतिबारे तयार पारिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.