कास्कीको रुपा गाउँपालिका पोल्याङमा भएकाे दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले पोखरा आउँदै गरेको ग१५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा ३ पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो ।
लमजुङको मध्यनेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ।
मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसको ठक्करबाट मृत्यु भएका विवेक दाजु र घाइते भएका जितेन्द्र भाइ हुन् ।
बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।