• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अन्तरजातीय प्रेमविवाह गरेपछि अपहरण गरेको मनोज राम थुनामुक्त


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मनोज रामलाई रिहाइ गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।अन्तरजातीय प्रेमविवाह गरेपछि अपहरण गरेको आरोप लगाएर पक्राउ गरी कारागार पठाइएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का मनोज राम थुनामुक्त भएका छन् ।

    मनोज र बबिता तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि वि.स २०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए तर बबिताका परिवारले अपहरण गरेको आरोप लगाएपछि मनोजराम डेढ महिनादेखि सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।भाइले अन्तरजातीय विवाह गरेपछि मनोज रामका दाइलाई पनि पक्राउ गरिएको थियो । उनी अझै थुनामा छन् भने बुबा र अर्को भाइ प्रहरी पक्राउबाट बच्न भागेका थिए ।

    अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले गत ८ असारमा मनोज रामलाई रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । थुनामुक्तपछि मनोज रामले जातीय विभेदकै कारण म र मेरो परिवारलाई फसाउने प्रयास गरिएको बताए छ ।

    अन्तर जातीय प्रेमविवाहबाट छुटाउन बबिताका बुबा ललित इसरले छोरी नाबालिग रहेको र अपहरण भएको भन्दै मनोज विरुद्ध मुद्दा दायर गरेका थिए । इसरकी छोरीको जन्मदर्ताका आधारमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मनोजलाई थुना पठाउने आदेश दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.