३० वर्षीया महिलालाई पेट्रोल खन्याएर आगो लगाइ हत्या गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–८ भरौलियाका २३ वर्षीय शैलेश यादवलाई असार २९ गते गिरफ्तार गरेको छ ।
रुपन्देहीकाे गैडहवा गाउँपालिका–५ की महिलाले आफ्नो प्रेम प्रस्ताब अस्वीकार गरेको आरोपमा असार २९ गते आगो लगाएर हत्या गरेको भन्दै मृतकका जेठाजु ५२ वर्षीय सन्तलाल चमारले असार ३० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।
हत्या गरिएकी महिलाको सम्पूर्ण शरिर जलेको र उपचारका क्रममा मेडिकल कलेज भैरहवामा असार २९ गते नै मृत्यु भएको भैरहवा मेडिकल कजेजले जनायो ।
घटनामा मृतककी १४ वर्षीया छोरीसमेत घाइते भएकी छिन् । उनको दुबै खुट्टाको गोली गाठोको भाग र नलीहाडको भाग जलेको छ भने उनका नौ वर्षीय भाईको खुट्टामा समान्य चोट लागेको छ । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार गरिएको छ ।
शवको पोष्टमार्टम असार २९ गते भीम अस्पताल भैरहवामा गरी मृतकका जेठाजु सन्तलाल चमारलाई बुझाइएको परिवारले जनायो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताएका छन् ।