• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिला लुम्बिनीमा बढी


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिलाको संख्या लुम्बिनी प्रदेशमा बढी देखिएको छ। असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा एक सय ५१ जना महिलाले ज्यान गुमाएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा दुई सय ७ जनाले ज्यान गुमाएको नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक छ।

    सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट र हेल्थ टुडे मिडियाले बुटवलमा आयोजना गरेको असुरक्षित गर्भपतन र सुधारमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले गर्भपतन गराउनेको संख्या पनि लुम्बिनी प्रदेशमा बढी रहेको जानकारी गराउनुभयो।

    आर्थिक वर्ष २०७९/८० मा नेपालमा भएको कुल गर्भपतनमध्ये २० प्रतिशत लुम्बिनी प्रदेशमा भएको छ। त्यसमा पनि २० वर्ष मुनिका महिलाको संख्या ६ प्रतिशत छ। यो संख्या अघिल्लो वर्ष २५ प्रतिशत थियो। सुरक्षित मातृत्वका लागि सरकारले प्रयास गरे पनि यो तथ्यांकले मृत्युको संख्या न्यूनीकरण गर्न चुनौती रहेको सूचना अधिकारी शर्मा बताउनुहुन्छ।

    सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टका महासचिव तथा हेल्थ टुडेका सम्पादक पदमराज जोशीले नेपालमा कुल गर्भवती महिलामध्ये २० प्रतिशतले गर्भपतन गराउने र ९ प्रतिशत आफैँ (मिस क्यारियज) हुने तथ्यांक प्रस्तुत गर्नुभयो। त्यसमा पनि ३५ देखि ४४ वर्ष उमेरका महिलाको संख्या धेरै छ। यसैगरी दुई–तीन वटा सन्तान जन्मेपछि गर्भपतन गराउनेको संख्या पनि धेरै छ।

    पाठेघर खुकुलो हुने महिलाको स्वतः गर्भपतनको सम्भावना बढी हुन्छ। स्त्री रोग विशेषज्ञ डा. सतिस रुपाखेतीका अनुसार अनधिकृत औषधिको प्रयोग, गर्भवती महिलाले मदिराको प्रयोग, नसाको रोगमा प्रयोग गरिने औषधिको प्रयोगजस्ता कारणले गर्भपतन हुन्छ। त्यस्तै ४० वर्ष पछिको उमेर तथा पहिले एक–दुईपटक गर्भपतन गरेका महिलामा पनि आफैँ गर्भपतन (मिस क्यारियज) हुने रुपाखेतीको भनाइ छ।

    समस्या मिस क्यारियज (आफैँ हुने) मा मात्रै होइन, स्वेच्छिक गर्भपतन (सर्जिकल मेथड) मा पनि हुने भन्दै डा. रुपाखेतीले भन्नुभयो, ‘कपितय केसमा आमाको जीवनरक्षालगायतका कारणले पनि गर्भपतन गर्नैपर्ने हुन्छ।’ त्यस्तो केसमा स्वास्थ्य प्रोटोकलको पालना गर्न र सूचीकृत संस्था तथा स्वास्थ्यकर्मीसँग मात्रै गर्भपतन गराउन उहाँको सुझाव छ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले स्वास्थ्य सबै नागरिकको जीवनसँग जोडिएको विषय भएकाले यस्तो जटिल कुरामा कसैले पनि खेलवाड गर्न नहुने भनाइ राख्नुभयो। नियमनकारी निकायले नियमन, अनुगमन र मूल्यांकनको पाटोलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड पनि दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.