जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भिरकोट नगरपालिका ७ चिउरी खर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङले आफ्नै १७ वर्षीय छोरी (जुना गुरुङ) माथि आइतबार खुकुरी प्रहार गरेका हुन् ।
घरायसी विवादको विषयलाई लिएर गुरुङ्ले छोरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदम बहादुर थापाले जानकारी दिनुभयो ।
खुकुर प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार पश्चात गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यम बहादुर गुरुङलाई पक्राउ गरेको बताएको छ ।