हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुलाई तीजको चटारो बढेको छ।तीजको गीतहरु यो पटक खासै नआउदा चिन्तित दर्शकलाई खेम सेन्चुरीले तिर्सनानै मेटाईदिएका छन नया गीत बजारमा ल्याएर। प्रकाश सपुत र केहि बिदेशी नागरिकहरु उक्त गीतमा छमछमी नाच्दै थिए जुन गीत खेम सेन्चुरीले गाएका थिए।धेरैले टिकटकको भिडियोहरुमा गीत खोजेको भेटिएन भन्ने मात्रै प्रतिक्रिया दिदै बसेका थिए।बल्ल गीत सार्वजनिक भएको छ।
उक्त गितको अडियो निर्माण मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । भिडियोम प्रकाश सपुत र जुना बिश्वकर्मा लगायतको अभिनयमा रहेको गितको भिडियो निर्देशन शंकर बि सी ले गरेका छन् । बिदेशी समेत छमछमी नाचेको गीत अहिले संगीत बजारको पहिलो रोजाई बन्न सफल भएको छ
भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रा.लि युट्युब च्यानल म हेर्न सकिन्छ ।








