लोकप्रिय गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा ल्याएका छन्। गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ। कर्णालीका गायक भनेर आफ्नो पहिचान बनाएका सुरजका गीतहरुमा प्राय शोषित पीडित जनताहरुको आवाज सुन्न पाइन्छ ।
उनका रेलको बाटो, सिंहदरवार , मिरा, छुकछुक छुकछुक लगायतका गीतहरु निकै चर्चित छन् । भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार “जुरेली” र हेमन्त कान्छा रसाइलीिभ अभिनय गरेका छन्। भिडियोको परिकल्पना र निर्देशन लक्ष्मण सुनारले गरेका छन् ।







