दुरदराजको सामुदायिक विद्यालय । चारैतिर चर्किएको पर्खाल, पर्खाको कुनै भाग पुुरै भत्किएको, पानी पर्दा चुहिने पुरानो भइसकेको टिन जस्ताको छाना, अप्रयाप्त फर्निचर डेस्कबेन्च, टेकोले थामेका जस्ता, त्यसैभित्र कोचिँदै बसेर पढ्नु पर्ने विद्यार्थीका बाध्यता छ ।
मनमा पढाई भन्दा कतिबेला पर्खाल भत्किन्छ भन्ने डर पालेर विद्यालयको कोठा भित्र बसेका विद्यार्थी । नत फराकिलो बस्ने ठाउँ, एकै बेच्नमा ६/७ जना बस्नुपर्ने बाध्यता, मैत्रीपुर्ण त परै जावस चुकुन समेत नभएको शौचालय ।
यो दृष्य जुम्लाकाे तातोपानी गाउँपालिका – ७ ताम्तीस्थित जनजागृती माध्यमिक विद्यालयको हो । जहाँ ३ सय ५० बढी बालबालिका अध्यायनरत छन् ।
बजेट अभावले नयाँ संरचना निर्माण नहुँदा जीर्ण कक्षा कोठा भित्रै बालबालिका पढ्न बाध्य भएको हुन् । पढाई भन्दा पर्खाल भत्किने डरले विद्यार्थी त्रसित मात्र छैनन् । सामुदायिक विद्यालयको दुरावस्था देखेर विद्यार्थी, अभिभावकदेखि शिक्षक नै स्थानीय सरकारप्रति निरास छन् ।
कक्षा ९ मा अध्यायनरत् छात्रा रुमला रावतको दिनभरको समय कक्षा कोठामा पढाई भन्दा संरचना भत्किने डरले निकै त्रसित हुनु परेको कक्षा ९ मा अध्ययनरत छात्रा रुमला रावतले बताउनु भयो । उहाँले भन्नुभयो “नीजि विद्यालय पढ्ने घरको आयस्रोत छैन् । सामुदायिक विद्यालयको हालत यस्तै छ । सरकारले सामुदायिक विद्यालय सुधार गर्ने भनेपनि दुर्गमका विद्यालयको अबस्था उस्तै छ ।” चुहिने छाना, भत्किएको पर्खालभित्र जोखिम पूर्ण असुरक्षित भएपनि कक्षा ९ सम्म पढिसकियो । अब एसईई आउँला र विद्यालय छोडौला भन्ने अबस्थामा रहेको उहाँले बताउनु भयो ।
विद्यालयको भौतिक संरचना लामो समयदेखि सुधार नभएको सोही विद्यालयको कक्षा ५ मा पढ्ने अर्का छात्र बसन्त रावतले गुनासो गुर्न भयो । उहाँले भन्नुभयो “शिक्षकले पढाएको धेरै कुरा दिमागमा घुस्दैन् । पढाई भन्दा ध्यान भत्किएको पर्खाल, चुहिने छानातिर जान्छ । शिक्षा आर्जनका लागि आबश्यक वाताबरण छैन् । बस्ने बेन्च पाउन पनि दौडिनु पर्ने, लडाई गर्नुपर्ने अबस्था छ । आखिर दुर्गम ताम्तीको यो विद्यालयले यस्तो समस्या कहिलेसम्म भोगी राख्नु पर्ने होला ।”
जीर्ण भौतिक संरचनाकै कारण जनजागृती विद्यालयको पठनपाठन समेत प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रावतले बताउनु भयो । उहाँले भन्नुभयोे, “विद्यालयमा पूर्वाधार निर्माणका संघियता अघि जिल्लामा पछि तीनै तहका सरकारसंग पहल नभएको हैन् । तर मागको सुनुवाई नहुँदा विद्यार्थी जीर्ण कक्षाकोठामै पढ्न बाध्य छन् । हामी त्यो दुरावस्था हेर्न बिवश छौ ।”
२०३६ सालमा स्थापना भएको जनजागृती विद्यालय करिब साढे ४ दशक पुराना संरचनामै सञ्चालन भईरहेको छ । तातोपानी ८ का वडाध्यक्ष तिलक रावतले भन्नुभयो ,“म विव्यस अध्यक्ष हुदा पनि विद्यालय सुधारका लागि गुहार मागेको थिए । अहिले जनप्रतिनिधि हुँदा पनि केही गर्न सकेको छैन् । माग गर्दा पनि कतै सुनुवाई नहुँदा जीर्ण भवनमा पठपाठन सञ्चालन गर्न बाध्य छौ ।”
हाल राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तरगर्त ५५ लाख लगानीमा चारकोठे पक्की विद्यालय भवन निर्माणाधिन अवस्थामा रहेको वडाध्यक्ष रावतले जानकारी दिनुभयो । आगामी बजेटमा विद्यालयको पूर्वाधार विकासलाई पहिलो प्रथामिकता दिने प्रतिबद्धता उहाँले भन्नुभयो ।
जनजागृती विद्यालयको दुरावस्थाको प्रत्यक्ष अवलोकन गरेको तातोपानी उपाध्यक्ष रेवती रावलले बताउनु भयो । उहाँले भन्नुभयो आगामी आर्थिक वर्षमा टुक्रे योजना भन्दा यस विद्यालयको सवाललाई सम्बोधन गर्ने छौँ । सामुदायिक विद्यालयको पूर्वाधारमा सुधार नल्याई शिक्षामा सुधार ल्याउन सम्भव छैन् । सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच वृद्धि गर्न मैत्रीपुर्ण संरचना निर्माणमा पालिका गम्भीर छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले विद्यालयको वास्तविक समस्याबारे हालसम्म गुनासो नआएको बताउनु भयो । उहाँले भन्नुभयो फर्निचरको समस्या समाधान गर्न जनतासंग अध्यक्ष कार्यक्रमको ३ लाख बजेट लगानी गरेर फर्निचर व्यवस्थापन गर्ने निर्णय भएको छ । मानदत्त रावल







