सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ ।
बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको हो । तीन जनाकाे उद्धार गरिएकाे ट्रक बेपत्ता रहेकाे छ । घटनाकाे थप विवरण आउन बाँकी रहेकाे छ ।