• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खानेपानीमा ३९ प्रतिशत दिसाजन्य पदार्थ मिसावट


  •    संवाददाता/ शुक्रबार, असार २९, २०८०  

  • प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय प्युठानले विभिन्न समयमा गरेको १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो।

    जिल्लाका नौ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँको भनाइ छ।

    परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो।

    जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकाको ११ नमुनामा परीक्षण गर्दा आठ वटामा इकोली भेटिएको छ। यस्तै प्युठान नगरपालिकामा १७ वटा नमुना परीक्षण गर्दा ११, स्वर्गद्वारी नगरपालिकामा १८ नमुना परीक्षण गर्दा १० वटा र गौमुखी गाउँपालिकामा १६ नमुना परीक्षण गर्दा सात वटामा इकोली भेटिएको हो।

    त्यस्तै मल्लरानी गाउँपालिकामा १५ नमुना परीक्षण गर्दा ६ वटामा, ऐरावती गाउँपालिकामा १७ नमुना परीक्षण गर्दा ४ वटामा, झिमरुक गाउँपालिकामा १५ नमुना परीक्षण गर्दा तीन वटामा, नौबहिनी गाउँपालिकामा १९ नमुना परीक्षण गर्दा तीन वटामा र सरुमारानी गाउँपालिकामा सात नमुना परीक्षण गर्दा १ वटामा इकोली भेटिएको हो।

    यी तथ्यांकले जिल्लावासीलाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि चुनौती थपिएको छ। सकारले ‘एक घर एक धारा’ अभियान सञ्चालन गरे पनि शुद्धपानी पुर्याउन नसकेको सरोकारवालाको भनाइ छ।

    जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिसीको अध्यक्षतामा सम्पन्न जिल्लास्तरीय सरसफाइ समितिको बैठकमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख पाण्डेले जिल्लाको खानेपानी र सरसफाइको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

    स्वास्थ्य संस्था, सार्वजनिक धारा, निजी धारा, मूल, ट्यांकी, इनार तथा विद्यालयबाट नमुना परीक्षण गर्दा इकोली देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक परशुराम पोख्रेलले जानकारी दिनुभयो। वर्षात्को मौसम भएका कारण पनि इकोली बढी देखिएको हुन सक्ने बृहत् बिजुवार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जानका केसीले जानकारी दिनुभयो।

    प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले इकोलीले हैजा, झाडापखाला, टाइफाइडजस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले समयमै पानी शुद्धिकरणसम्बन्धी सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो।

    स्वास्थ्य कार्यालय प्युठानका प्रमुख पाण्डेले बर्खाका बेला संक्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन सबैलाई आग्रह गर्नुभएको छ। जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुवा, उपभोक्ता समितिका धारा आदिबाट प्राप्त हुने पानी उमालेर मात्र पिउनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ।

    स्वास्थ्य कार्यालयले बर्खा लाग्नुभन्दा अघि र बर्खा लाग्नासाथ सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमूना संकलन गरी परीक्षण गरेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.